| २७ माघ २०७३, बिहीबार १३:०८
सुर्खेत । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले बिहीबार एक घण्टा आफू अवद्ध कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले आज एक घण्टा पेन डाउन गरेर धर्नामा दिएका हुन् ।
६ बुदे माग राख्दै आन्दोलनरत उनीहरुले सुर्खेतस्थित जिल्ला विकास समिति, नगरपालिका र गाविसमा कालो पट्टी बाँधेर काम गरिरहेका छन ।
याे पनि पढ्नुस् ।
सचिव काममा फर्किए, कर्मचारी आन्दोलन चर्काउदै
माघ १९ गतेबाट आन्दोलनमा उत्रिएका उनीहरुले भोली (शुक्रबार) तीन घण्टा कलम बन्द गरेर धर्ना दिने र १ गते स्थानीय निकायका सेवाहरु बन्द गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।