☰ open Loading... 19 April 2024|  

अाैषधी अभाव स्वास्थ्य संस्थामा डिएचअाेले वितरण गर्ने
  | २ फाल्गुन २०७३, सोमबार १२:५४

जुम्ला । जिल्लाका स्वास्थ्य संस्थाहरूमा अभाव देखिएका अाैषधी जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले बितरण गर्ने भएको छ । हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधी स्वास्थ्य संस्थाकै मागका आधारमा बितरण गर्ने तयारी भइरहेकाे हाे ।

स्वास्थ्य संस्थाको मागका आधारमा सकेसम्म अबको एक हप्ताभित्र औषधी बितरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लले जानकारी दिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको औषधी सार्वजनिक गर्दै नेपाल सरकारद्धारा बितरीत ४२ प्रकारका निःशुल्क औषधी प्राप्त भएको जनाइएको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थालाइ आफ्नो संस्थामा अभाव देखिएको नेपाल सरकारद्धारा बितरीत औषधी जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी बुझेर लिन पनि अनुरोध गरिएको छ । सार्वजनिक गरीएका ४२ प्रकारका औषधि ८८ वटा काटुन रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्राथामिक स्वास्थ्य तथा पुर्नजागरण कार्यक्रम फोकल प्रशन किरण शर्माले बताए ।

२५ लाख ९३ हजार टेण्डर आह्रावनमा घटिघटाउद्धारा १० लाख २१ हजारको टेण्डर परेपछि कृष्ण इन्टरनेशनल नेपालगंजले औषधि आयात गरीरहेको उनले जानकारी दिए । यस्तै क्षेत्रिय मेडिकल स्टोर नेपालगंजबाट ४७ प्रकारका औषधि तथा सर्जिकल सामाग्रि जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा प्राप्त भएको स्टोर किपर गोविन्द खनालले बताए ।

यसमध्य १ सय ५० काटुन बच्चाको तयारी खाना सहित जम्मा ३ सय ७८ काटुन औषधि प्राप्त भएको उनले जानकारी दिए । जुम्ला जिल्लाका लागि आवाश्यक बार्षिक औषधिको २० प्रतिशत औषधि जिल्ला स्वास्थ्य कार्यालयले खरीद गर्ने र बाँकि सबै औषधि नेपाल सरकारले अनुदानमा दिने गरेको जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले बताए । तर उनले हाल जुम्लामा औषधिको अभाव नभएको दावी गरेका छन ।

जुम्लामा संचालित ३० वटा स्वास्थ्य चौकी, एउटा प्राथामिक स्वास्थ्य केन्द्र, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ र एउटा शहरी स्वास्थ्य केन्द्रमा छन। जिल्लाका स्वास्थ्य चौकीमा ३५ प्रकारका र प्राथामिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि सेवाग्राही बिरामीलाइ निःशुल्क बितरण भइरहेको कार्यालयले जनायाे ।