☰ open Loading... 1 May 2024|  

सुर्खेतका एलडिओलाई कार्यालय प्रवेशमा रोक
  | २ फाल्गुन २०७३, सोमबार १८:४७

सुर्खेत । १२ दिनदेखी आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले सोमबार कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीहरुको आन्दोलनका कारण जिल्ला विकास समितिको कार्यालय जाँदै गरेका सुर्खेत स्थानीय विकास अधिकार अमृत लम्साल गेटबाटै फर्किएर दिनभर फुटबल हेर्न कुनाथरी पुगेका थिए ।

याे पनि पढ्नुस् छैठौँ प्रदेशका स्थानिय निकायको कामकाज ठप्प

सुर्खेतमा रहेका तीन नगरपालिका, जिल्ला विकास समिति र गाविसमा आवद्ध कर्मचारी आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारीहरुले सोमबार कार्यालय प्रमुखहरुलाई कार्यालय प्रवेश गर्न दिएनन् भने कार्यालय र गेटमा ताला लगाएर बाहिरै धर्ना दिएर दिनभर बसेका थिए ।

कर्मचारी भन्छन,-‘आन्दोलन रहर हैन बाध्यता’

विभिन्न काम लिएर कार्यालयमा आएका सेवाग्राहीहरु काम नभएपछि निराश भएर फर्केका छन् । आईतबार मात्रै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले आन्दोलनरत स्थानीय निकाय कर्मचारीहरुलाई काममा फर्कन अपिल गरेको थियो । तर मन्त्रालयले कर्मचारीहरुको भावना विपरित कठोर निर्णय गरेकोमा आपत्ती जनाउँदै आन्दोलनका कार्यक्रमलाई थप शसक्त पार्ने चेतावनी दिएका छन् ।

आन्दोलित कर्मचारीद्वारा ‘पेन डाउन’

स्थानीय निर्वाचनको घोषणा, स्थानीय निकायका कर्मचारीलाई समायोजन गर्दा योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिइनुपर्ने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीका लागि उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आन्दोलनरत कर्मचारीले आफ्नो माग सम्बोधन नभएकाले जिविस, जिल्ला प्राविधिक कार्यालय र गाविसहरुमा तालाबन्दी गरी धर्ना दिएको संघर्ष समितिका प्रवक्ता कुलबहादुर खड्काले जानकारी दिए ।

सचिव काममा फर्किए, कर्मचारी आन्दोलन चर्काउदै