☰ open Loading... 26 October 2024|  

२३ लाख चोरी गर्ने पक्राउ
  | २ फाल्गुन २०७३, सोमबार १८:३२

धनगढी । यहाँस्थित नेपाल इन्भेस्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी साेमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि यस्ताे रहस्य खुलेकाे हाे । उनले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले उपाध्यायले बैंकमा रहेको सिसी क्यामेरा बन्द गरी एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको बताएका छन् । चोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका थिए । रकम चोरी भएपछि बैंकले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजबिनका लागि निवेदन दिएको थियो ।