☰ open Loading... 14 March 2025|  

जुम्लामा ट्रक दुर्घटना, तीनको मृत्यु
  | ५ फाल्गुन २०७३, बिहीबार १२:५४

जुम्लाको सिंजामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। बिहीबार बिहान कालिकोटको नाग्मघाटबाट सिंजाको गाठीज्युलातर्फ जाँदै गरेको ना ५ ख ९२७२ नम्बरको मिनीट्रक सिंजाको बड्की–२ को कोटीला भिरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

दुर्घटनामा ट्रक चालक बर्दिया जिल्लाको मैनापोखर–८ का तिर्थराम थारु, मुगु कालै–४ का रंगबहादुर शाही र गंगा शाहीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका ट्रकका सहचालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।  ट्रक सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ ।

अन्नपर्ण पाेस्ट