☰ open Loading... 18 October 2024|  

रुखबाट लडेर युवकको मृत्यु
  | ११ फाल्गुन २०७३, बुधबार १६:१९

बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताए ।

मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको बताइएको छ । डालेघाँस काटेर रुखबाट भुइँमा झर्दा रोकायाको मृत्यु भएको हो । रोकायाको मृत्यु भएपछि ६ महिनाकी छोरी र मृतककी पत्नी सहाराबिहीन भएका छन । रासस