☰ open Loading... 25 December 2024|  

दैलेख पर्यटन महोत्सव शुरु
  | १२ फाल्गुन २०७३, बिहीबार १९:५०

सस्कृति, नागरिक उड्यान तथा पर्यटन मन्त्री जिवनबहादुर शाहीले दैलेखका सञ्चारकर्मीहरुले थालनी गरेको जिल्लाको इतिहास लेखन कार्य निकै महत्वपूर्ण भएको बताएका छन् । इतिहास लेखन कार्य दैलेखको मात्र नभएर समग्र मध्यपश्चिम क्षेत्रको भएको बताएका हुन ।

दैलेख जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले दैलेख असाध्यै पुण्य भुमी हो । तर यस जिल्लाको प्रचार प्रसारको कमी भएको औल्याउदै जिल्ला लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित बनाउनको लागि यो अभियानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

दैलेख आन्तरिक मात्र नभएर बाह्य पर्यटकिय संभावना बोकेका जिल्ला हो उनले भने “दैलेखका आन्तरिक मात्र नभएर बाह्य पर्यटकक लाई भित्राउन सकेको खण्डमा जिल्ला लाई आर्थीक रुपमा समृद्ध बनाउन समिन्छ । दैलेखमा धेरै सम्भावना बोकेका सास्कृतिक सम्पदाहरु छन् तर यसको प्रचार प्रसामा कमी आएको बताउदै मन्त्री शाही थपे यस जिल्ला लाई समृद्ध बनाउने जिम्मा सम्पूर्ण दैलेख जिल्ला बासीको हो ।

जिल्लामा पर्यटकिय क्षेत्रको मात्र नभएर अन्य विविध कुराहरुको पनि सम्भावना रहेको छ । प्रशस्त जडिबुटी, तरकारी उत्पादन जस्ता कुराहरुमा दैलेख सम्पन्न शाली छ । यस लाई अझै विकासका लागि आफुले दैलेखका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।   जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सबले जिल्ला बासीलाई अझै हौसला प्रदान गर्ने बताए ।

दैलेखको पर्यटन विकास बाट समग्र देशको आर्थीक अवस्थामा सुधार ल्याउन सकिन्छ उनले भने “ पंचकोशि क्षेत्रको विकासका लागि आफु मन्त्रालयमा रहुन्जेल सहयोग गर्छु । कोटीला क्षेत्रमा कृतिम ताल निर्माण गरि विद्युत उत्पादन संगै पर्यटकहरु लाई ढुंगाबाट सैर गरि मन्दिर सम्म पुग्ने वातावरण बनाउनको लागि आफुले छिट्टै पहल थाल्ने बताउदै मन्त्री शाहीले भने “दैलेखमा पर्यटन विकास लागि हवाई मैदानको आवश्यकता रहेछ । त्यसका लागि पनि आफुले पहिली कदम चाल्ने छु ।  उनले समग्र दैलेखको पंचकोशि क्षेत्रको विकासका लगि आफु मन्त्रालयमा रहुन्जेल सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

अर्को प्रशंग जोड्दै मन्त्री शाहीले विगत १९ वर्ष देखि स्थानीय निकायहरु जनप्रतिनिधी विहिन भएको अवस्थामा सरकारले घोषणा गरेको स्थानीइ तहको निर्वाचन ताकिएकै मितिमा हुनु पर्ने बताएका छन् । सरकारले सरकारमै रहेको मधेसी दलहरुको असहमति भए पनि निर्वाचन घोषणा गरेको छ । जारी नयाँ संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचन आवश्यक रहेको शाहीको भनाई रहेको छ ।

दैलेख निर्वाचन क्षेत्र नं. २ का सांसद लक्ष्मी पोखरेल ले दैलेखको इतिहास लेखन कार्य निकै महत्वपूर्ण रहेको बताउदै यस्तो महान कार्यमा जिल्ला बासीको सहयोग आवश्यक रहेको बताए ।

दैलेख निर्वाचन क्षेत्र नं. १ का सांसद अमरबहादुर थापाले दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक रुपमा काठमाण्डौ र लुम्बिनी पछिको तेस्रो गन्तब्य भनिएपनि राज्यले यसको प्रचार प्रसार विकासमा ठोस रणनीति निर्माण गर्न नसकेका कारण दैलेखको बिकास हुन नसकेको बताउदै उनले भने “दैलेखको समग्र इतिहासको खोजी गर्ने हो भने दैलेख कतिपय अवस्थामा पहिलो ऐतिहासिक जिल्ला बन्न सक्ने संभावनो छ ” गन्तब्यको रुपमा काठमाण्डौ र लुम्बिनी पछिको तेस्रो जिल्ला हो तर राज्यको आधिकारीक निकायले यसको सुनुवाइ गर्न सकेको छैन् ।

दैलेख जिल्लालाई राज्यको निती निर्माण तह सम्म पु¥याउनको लागि दैलेख पर्यटन महोत्सबले निर्क महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । युवा पत्रकारहरुले थालेको अभियान प्रभावकारी हुनुपर्ने र जिल्लाको समग्र बिकासमा सहयोग पुग्नुपर्ने सुझाव सांसद अमरबहादुर थापाले बताए । सांसद ललिता रेग्मीले दैलेखको पर्यटन विकासका लागि थुप्रै प्रयासहरु नभएको बताउदै जिल्लाको पर्यटन क्षेत्रको ठोस उपलब्धी पाउनका लागि यो अभियानले महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

सांसद ललिता रेग्मीले अभियान जिल्लाको लागि निकै महत्वपुर्ण भएकोले सवै तह र तप्काबाट सहयोग गर्नुपर्ने सुझाव दिएकी छन् । महोत्सब उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल, प्रा. डा. राजाराम सुवेदी, विभिन्न विषयका इतिहास विदहरु, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्ति प्रसाद शर्मा लगाएतका अतिथीहरुले मन्तब्य राखेका थिए ।

महोत्सबको उद्घाटन कार्यक्रममा बोल्दै महोत्सब मुल समारोह समितिका संयोजक विष्णु शर्माले दैलेखको इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सबको तयारी अन्तिम चरणमा पुगेकोे छ ।

दैलेखमा रहेका ऐतिहाँसिक, सामाजिक, साँस्कृतिक, धार्मिक र पर्यटकिय क्षेत्रहरुको खोजी गरि यसको बिस्तृत अध्ययन र अनुसंन्धानको औपचारिक सुरुवातका लागि दैलेखका चारवटा संचार संस्थाहरुले महोत्सवको आयोजना गरेका छौ उनले भने “दैलेख जिल्लाको ऐतिहाँसिक सभ्यता काठमाण्डौं लुम्बिनी भन्दा पहिलाको हुन सक्ने प्रारम्भिक अनुसंन्धानले देखाएपछि यसको खोजी गर्नुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

यो अभियान एक जना व्यक्तिको मात्र नभएर समग्र जिल्लाबासीहरुको भएको बताउदै जिल्लाबासीहरुले अभियान भर सहयोग गर्नु पर्ने बताएका छन् । आफुहरुले दैलेख जिल्लाको पर्यटन विकास संगै इतिहास लेखन कार्य लाई संग संगै अगाडी बढाएको औल्याउदै अभियानबाट जस्तो सुकै अवस्थामा पनि सफल पर्ने उद्घाष गरेका छन् ।

आज देखि २२ गते सम्म सञ्चालन हुने दैलेख पर्यटन महोत्सबमा पहिलो दिन गायक प्रकाश कटुवाल, गायक विनाद वि.क. गायीका बन्दना पाण्येले दर्शक लाई आफ्नो प्रस्तुती बाट मनोरञ्जन दिएका छन् ।