☰ open Loading... 20 September 2024|  

पट्मारामा बौलाहा कुकुरको आतंक स्थानीय त्रसित
  | १५ फाल्गुन २०७३, आईतवार १०:११

जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् । पटमारा गाविसका वडा नम्बर ४ देखि ९ सम्ममा बौलाहा कुकुरको बिगबिगिका कारण पशुचौपाय र मान्छेलाई टोक्न थालेपछि स्थानिय त्रसित भएका हुन् ।

फागुन १३ गते पट्मारा गाविसका शोषण बोहोरा र कर्म विष्ट तथा अन्य दर्जन बढी पशुचौपाय बौलाहा कुकुरले टोकेको स्थानिय हंश रोकायाले जानकारी दिए ।

रोकायाले गाविसमा रहेका सबै कुकुरहरुलाई बाँधेर राख्न पनि अनुरोध गरेका छन् । यता गाविसमा रहेको पशु सेवा केन्द्रमा औषधी नभएपछि पशु चौपाय र मान्छेलाई आवश्यक भ्याक्सिङ नपाईने गरेको स्थानियको गुनासो छ । जिल्ला पशु सेवा कार्यालय जुम्लाले बौलाहा कुकुरको लक्षण देखिएमा तत्काल नजिकैको पशु सेवा केन्द्रमा ल्याई आवश्यक रेविज विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको छ ।