☰ open Loading... 20 September 2024|  

पार्टी भित्रको गुट उपगुट त्यागौं : महामन्त्री कोइराला
  | १५ फाल्गुन २०७३, आईतवार १७:०९

दाङ । नेपाली काग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट छोडेर स्थानीय निकायको चुनावमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । नेपाली काग्रेस दाङले घोराहीमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले गु्रपिजमले पार्टी ध्यवस्त हुने भन्दै त्यसलाई त्यागेर चुनावमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

फायल तस्वीर

चुनावको मिति घोषणा भइसकेको अवस्थामा अव बिगतका तिक्तता र गु्रपिजम छोडेर चुनावको तयारीमा गाउँगाउँमा खट्न आग्रह उनको छ । उनले एमालेले हार्ने र माओवादी चुनावपछि पलायन हुने डरले चुनावमा जानै नहाचेको आरोप लगाए । एमालेले मुखले चुनावचुनाव भनेपनि बास्तवमा चुनाव नहाचेको आरोप उनको छ ।

माओवादीका मानिसहरु काग्रेस र एमालेमा प्रवेश गरिसकेको भन्दै माओवादी पनि पलाएनको डरले चुनावमा जान नचाहेको दावी कोइरालको छ । १९ बर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै उनले यो चुनावमा पनि काग्रेस सवैभन्दा ठूलो पार्टी हुने जिकिर गरे ।

आगामी मंसिर अघि नै तीन चरणको निर्वाचन सकिने र त्यसपछि समृद्ध नेपालको गुरुयोजना बनाई देशलाई बिकासतर्फ अघी बढाउनुपर्ने उनको भनाई छ । ५ नं प्रदेशमा देखिएको सिमाङको बिवाद जनतामा जनतामा सुझाव बिना समाधान गर्न नसकिने उनले बताए ।

महामन्त्री कोइरालाले पद्मोद्धय पब्लीक माध्यामिक विद्यलमा खानेपानीको लागी डिपबोरिङको शिल्यान्यास गरेका थिए । झण्डै ५हजार विद्यार्थी संख्या रहेको विद्यालयमा खानेपानिकोे अभाव भएपछि सिँचाईमन्त्रि दिपक गिरीको पहलमा त्यस विद्यालयमा डिप बोरिङ निर्माण गर्न थालिएको हो ।

त्यसक्रममा महामन्त्रि कोईरालाले विद्यालय भवनको पनि निरिक्षण गरेका थिए । आफना पिता स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालाले वि.स.२०१० सालमा शिल्यान्स गर्नुभएको भवन निरिक्षणपछि कोइरालाले यस विद्यालयमा ई—लाईब्रेरी संचालन गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।