☰ open Loading... 20 September 2024|  

विद्युत ल्याउन पहल
  | १५ फाल्गुन २०७३, आईतवार १७:१८

हुम्ला । यहाँको दिनप्रतिदिन विद्युत्भार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन ।

स्थानीय बासिन्दाको मर्का बुझी हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङ्मेल तामाङले ह्याक्पाखोला र डोजङखोलाबाट बिजुली ल्याउन पहल भइरहेको जानकारी गराए।