☰ open Loading... 20 September 2024|  

राप्रपाले दियो सरकारलाई चेतावनी
  | १५ फाल्गुन २०७३, आईतवार १७:२५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेकै अवस्थामा संविधान संसोधन विधेयक पारित गराउने प्रयास गरेमा सरकारले त्यसको नोक्सानी वेहोर्नु पर्ने चेतावनी दिएको छ ।

सिंहदरवारमा बसेको राप्रपा संसदीय दलको बैठकले यथास्थितीमा संसोधन प्रकृया अघि बढाउन खोजे त्यो पारित पनि नहुने र सरकारकै लागि प्रत्युत्पादक हुने चेतावनी दिएको हो ।

मधेस केन्द्रीत दलहरुका माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल विचाराधिन रहेको विधेयकले कसैलाई पनि सन्तुष्ट पार्न नसकेको भन्दै राप्रपाले सबै पक्ष सहमत नभएसम्म आफ्नो पार्टीले विधेयक माथि संसोधन पनि नहाल्ने निर्णय गरेको छ ।

सबैको सहमति विना संसोधन प्रकृया अघि बढाउँदा त्यसले स्थानीय तहको निर्वाचन पनि विथोल्न सक्ने भन्दै सरकारलाई गम्भीर हुन राप्रपाले आग्रह गरेको छ । यथास्थितीमा विधेयकको समर्थन पनि नगर्ने उसको भनाई छ ।