☰ open Loading... 16 November 2024|  

सुर्खेतमै गीत रेकर्डिङ्ग स्टुडियो सञ्चालन
  | १५ फाल्गुन २०७३, आईतवार १७:४४

सुर्खेत । प्रदेश नम्बर ६ को सम्भावित राजनधानी सुर्खेतमा पहिलो पटक गीत रेकडिङ्ग स्टुडियो सञ्चालनमा आएको छ । वीरेन्द्रनगरमा प्रदेश नंम्बर ६ कै पहिलो अत्याधुनिक प्रबिधियुक्त गित रेर्कडिङ स्टुडियो आईतबारदेखी संचालनमा आएको हो ।

यस क्षेत्रमा रहेका मौलिक कला र संस्कृतिलाई बजारमा ल्याउँन तथा उजागर गर्न सेमभेक डिजिटल रेर्कडिङ स्टुडियो संचालनमा ल्याएको सञ्चालक बिनोद खनालले जानकारी दिएका छन् । गुणस्तरमा गित रेर्कड र भिडियो छायाङ्कन गर्न काठमाडौ जानु पर्ने बाध्यताको अन्त्य गर्न सुर्खेतमै डिजिटल रेकर्डिङ स्टुडियो संचालनमा ल्याएको खनालले बताए ।

यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दे स्टुडियो संचालनमा ल्याईएको जानकारी दिएका खनालले स्टुडियो निर्माणमा ३७ लाख रुपैया खर्च पनि बताए ।

स्टुडियोको आईतबार बरिष्ठ कलाकार प्रमदेब गिरी, भिमबहादुर कार्की, बुलु मुकारुङ, दृष्टी बिहीन कलाकार मैते नेपालीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार प्रेमदेब गीरीले रेकर्डिङ स्टुडियो संचालनले यस क्षेत्रका कलाकारहरु नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे ।उनले यो क्षेत्र कला संस्कृतिको खानी भएको चर्चा गर्दै आगामी दिनमा दबिएर रहेका प्रतिभाहरु पनि प्रस्फुटन गराउन सञ्चालकलाई सुझाव दिए ।

तबला बादक मैते नेपालीले पूर्विय संगितको मौलिकतालाई बचाउँनुका साथै पश्चिमा संस्कृतिको बिकृति अन्त्य गर्न सुर्खेतबाट सञ्चालनमा आएको स्टुडियोले महत्वपूर्ण भूमिका खेल्ने बताए । बरिष्ठ लोक गायक भिमबहादुर कार्किले सुर्खेतमा गित रेर्कडिङ स्टुडियो संचालनमा आउनन यस क्षेत्रका कलाप्रेमीहरुका लागी सुखद् अवसर भएको भन्दै सफलताको कामना व्यक्त गरे ।

कलाकार बुलु मुकारुङले कला र संगित बिनाको जिवन अधुरो रहने भन्र्दै पश्चिम क्षेत्रका गितहरु बजारमा ल्याउन यस रेर्कडीङ स्टुडियोले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्टुडियोका निर्देशक खगेन्द्र न्यौपानेले अहिले गित रेर्कड गर्न र भिडियो छायाङकन गर्नकै लागी काठमाडौ जानु पर्ने बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य भएको बताएका थिए ।

उद्घाटन कार्यक्रममा कलाकारहरु दिनेश गौतम, गणेशभक्त गौतम, नरेन्द्र राना, सारङगी बाधक तिलक गन्र्दभ, गितकार तथा एरेनजर रमेश सेन्चुरी लगायतको उपस्थिती थियो ।