☰ open Loading... 24 February 2025|  

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते
  | १६ फाल्गुन २०७३, सोमबार १६:४६

कालिकोटमा विद्यार्थी संगठनबीच झडप भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा १२ जना घाईते भएका छन्। १२ जना मध्ये ८ जना सामान्य घाईते भएका छन् भने १ जनालाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ। ३ जनालाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

झडपमा मदन सिंह गम्भिर घाईते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै मन्दीरराज रोकाया घाईते भएका छन् ।

अनेरास्वीयुका नविन शाही र अलिल क्रान्तिकारीका मन्दिरराज रोकायको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर झडप नियन्त्रणमा लिएको छ।