☰ open Loading... 18 October 2024|  

मेची–महाकाली राष्ट्रिय अभियानमा स्वयंमसेवक बन्दै हुनुहुन्छ ? यी कडा नियमको ख्याल गर्नुहोस्
  | १७ फाल्गुन २०७३, मंगलवार १३:४४

नेकपा ९एमाले०ले यही फागुन २१ बाट सुरु गर्ने मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा स्वयंमसेवकलाई कडा नियम लगाउने भएको छ । १५ दिने अभियानका क्रममा स्वयंमसेवकलाई साथीभाइसँग भेटघाट गर्ने, सेल्फी खिच्ने जस्ता कार्यमा रोक लगाएको छ । त्यसैगरी सबै स्वयंमसेवकहरु ‘चेन अफ कमाण्ड’ मा परिचालित हुनुपर्ने जस्ता नियम पनि लगाउने भएको छ ।

यस्ता छन् स्वयंमसेवकहरुले पालना गर्नुपर्ने नियम

१. पार्टीको तर्फबाट स्वयंमसेवकहरुका लागि तयार गरिएको नियमलाई निशर्त रुपमा पालना गर्नुपर्ने । सबै स्वयंमसेवकहरु ‘चेन अफ कमाण्ड’ मा परिचालित हुनुपर्ने छ ।
२. स्वयंसेवकहरुले तोकिएको कार्य तोकिएको समयमा पूरा गर्नुपर्ने छ । कार्यगर्न कुनै समस्या उत्पन्न भएमा टोली नेतामार्फत समाधान गर्नुपर्ने छ ।
३. स्वयंमसेवकहरुका लागि खाजा, खाना र आवासका निम्ति तोकिएको स्थानमा मात्र प्रयोग गर्नुपर्ने छ । कार्यक्रमका दिन पार्टीका नेताहरु र जनसमुदायको व्यवस्थापनपछि मात्र माथिका कार्यमा स्वयमसेवकहरु अग्रहसर हुनेछन् ।
४. अभियानको अवधीभर स्वयंमसेवकहरुले मध्यपान र धुम्रपानको प्रयोगलाई पूर्णतः निधेष गरिएको छ ।
५.  पार्टी नेता तथा जनसमुदायप्रति स्वयंमसेवकहरुले व्यवहार पूर्णतः सम्मानपूर्ण र आदरार्धी हुनेछ । हाम्रो व्यवहारको कारण जनसमूमादयमा पर्ने सकारात्मक–नकारात्मक प्रभावप्रति पूर्णतः सचेत रहँदै जनमैत्री व्यवहारलाई ध्यान दिनुपर्ने छ ।
६.  केन्द्रीय तहबाट परिचालित हुने स्वयंमसेवकहरुले स्थानीय स्वयंमसेवकहरुसँग आवश्यक संयोजन गरेर आफ्नो कार्य अघि बढाउनु पर्ने छ । त्यसका लागि स्थानीय पार्टीको नेतृत्वको सहयोग लिनुपर्ने छ ।
७. स्थानीय जनसमुदाय तथा पार्टी विरोधी तप्काबाट हाम्रो अभियानका बारेमा विभिन्न कोणबाट सोध–खोज हुनसक्छ । त्यस विषयमा स्वयंमसेवकहरुले जिम्मेवारीपूर्ण ढंगले पार्टीको धारणा राख्नु पर्ने छ ।
८.  स्वयंम सेवकहरुले सेल्फी खिच्ने घुमफिर गर्ने साथीभाइ आफन्तसँग भेटघाटमा अनावश्यक समय खर्च नहोस भन्ने कुरामा ध्यान दिने ।
९.  विभिन्न कोणबाट प्राप्त सूचनाहरु आफ्नो टोली नेतामार्फत नेतृत्व समक्ष लैजाने ।

स्वयंमसेवकहरुले अभियानमा जाँदा बोक्नुपर्ने सामानहरु 

१. सम्भव भए स्लीपिङ् व्याग
२. आफ्नो नियमित प्रयोगका औषधीहरु
३. आवश्यक मात्रामा मोजा, रुमाल, स्पोर्ट सुज र अन्य लुगाहरु
४. महिला स्वयंमसेवकहरुले आफूलाई आवश्यक पर्ने विभिन्न सामानाहरु
५.  ब्रस, मञ्जन, सेभिङ मिसिन, टर्चलाई
६. अभियान सम्वन्धि प्रचा र ब्रुसर
७. आफ्ना सामान बोक्नका लागि सुट्केस होइन, रुकस्याक व्याग बोक्ने
८. पार्टीको तर्फबाट स्वयंसेवकलाई रातो रंङको हाफ ज्याकेट व्यवस्था गरिएको हुनाले त्यसमा सुहाउँदो टिसर्ट तथा सर्टहरु
९. कलम, डायरी 

आेलीको प्रशिक्षण फाल्टै 

त्यस बाहेक पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वयंमसेवकलाई सुरक्षाकर्मीहरुसँग भद्र रुपमा प्रस्तुत हुन, मञ्जमा जाँदा व्याग लगायतका केही सामानहरु नलैजान, विरोधीहरुबाट हुन सक्ने आक्रमणबाट जोगिनका लागि सतर्कता अपनाउने, स्वास्थ्यको ख्याल गर्ने जस्ता कुरामा ध्यान दिन सुझाव दिएका छन् ।