☰ open Loading... 18 October 2024|  

प्रधानमन्त्री दाहालले आज साँझ ५ बजे देशवासीको नाममा सम्बोधन गर्ने
  | १७ फाल्गुन २०७३, मंगलवार १५:४१

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दैछन् । साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्रीले जनताका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको सम्बोधन समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित रहनेछ ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा चुनावका लागि देशवासीलाई आह्वान गर्ने बुझिएको छ । सरकारले आगामी वैशाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । तर, संविधान संशोधन विधेयक पारित नगरी निर्वाचन तोकेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गरिरहेको छ ।