☰ open Loading... 18 October 2024|  

बस दुर्घटनामा दुलही सहित १२ घाइते
  | १७ फाल्गुन २०७३, मंगलवार १६:४०

काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन् ।

फायल तस्वीर

जन्ती बोकेर टिकापुर जाँदै गरेको बा १ क ११६१ बस आज बिहान कचनापुर– १ खैरीखोला नजिक घुम्ती रोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा दुलाह गंगाराम बिष्टसहित १२ जना घाईते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । आज बिहान ३ बजेतिर बस दुर्घटनामा परेको हो । घुम्ती सडकमा एक्कासी चालक निदाएपछि बस सडकदेखि दश मिटर तल खसेको छ ।

बस सडकबाहिर गएर रुखमा ठोकिएको ट्राफिकले जनायो। घाइेतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ। दुर्घटनामा परेको बसको अगाडीको भागमा क्षतीग्रस्त भएको छ ।यस्तै गाडीका सिटहरु झरेका छन् ।

घाईते अधिंकाशका हात, मुख र टाउकोमा चोट लागेको छ। केहीको हात भाँचिएको प्रहरीले जानकारी दियो। जन्ती टोली आजै कैलालीमा बिबाह सकेर दुलहीसहित फर्केने कार्यक्रम रहेको थियो । घाइेते जन्ती टोली अहिले सबै मेडिकल कलेज कोहलपुरमा रहेका छन् ।