☰ open Loading... 16 September 2024|  

जनता बहुमुखी क्याम्पस विद्यापुरमा नेविसंघको प्यानल विजयी
  | १८ फाल्गुन २०७३, बुधबार १६:५३

सुर्खेत ।  बुधबार पश्चिम सुर्खेतको विद्यापुरमा रहेको जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । ९८ जना मतदाता रहेको यो क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका पूर्णबहादुर रावल, सचिवमा कमल बास्तोला र कोषाध्यक्षमा विष्णु धमला निर्वाचित भएका छन् । यस्तै, सदस्यमा नेविसंघका चक्र विक, विनोद रामजाली, कृष्ण धमला र दुर्गा पौडेल विजयी भएका छन् ।