☰ open Loading... 20 September 2024|  

कृष्ण र मिनाको दोहोरीसंगै देवि घर्तीको धमाका
  | २० फाल्गुन २०७३, शुक्रबार २३:३१

दैलेख । नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका देवि घर्ती मगरको प्रस्तुती संगै केटाकेटी, युवा युवति, बृद्धबृद्धाहरु कम्मर मर्काइ मकाई नाचेका छन् । उनका चर्चीत लोक दोहोरी गितमा पर्यटन महोत्सबका दर्शकहरु नाचेका हुन् ।

फागुन १२ गते देखि सञ्चालन भएको जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सबको नवौ दिन चर्चीत लोक दोहारी गायिका देवी घर्तीमगर संगै एविसी टेलिभिजनको चर्चीत कार्यक्रम इन्द्रेणीका चर्चीत लोक दोहोरी गायक गायकी कृष्ण कडेल  र मिना लामाको दोहोरी गितमा दर्शकहरु नाचेका हुन् ।

घर्तीका चर्चीत गितहरु कोदो रोप्दा लाएको पिरती, छुट्यो जोडी फुल्ने बेलामा , बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको, खुर्पेटोमा आसी, लगाएतका दर्जनौ गित मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइन् । पर्यटन महोत्सबको नवौ दिन एविसी टेलिभिजनको चर्चीत कार्यक्रम इन्द्रेणीका चर्चीत लोक दोहोरी गायक गायकी कृष्ण कडेल  र मिना लामाको दोहोरी घम्सा घम्सी दोहारीमा दर्शकहरुलाई थाम्नै मुस्किल प¥यो ।

कार्यक्रमको अन्तीम क्षणमा स्टेजमा दोहोरीका लागि देखिएका द्धय कृष्ण कडेल र मिना लामाको दोहारीमा तालि र हुटिङ्ग मात्र होइन नाचेरै साथ दिए । यस्तै दैलेखका स्थानीय गायक रामजी दैलेखी, लगाएतका चर्चीत कलाकारहरुको प्रस्तुती रहेको थियो ।  आज चर्चीत गायक बद्री पंगिनीको धमाकेदार प्रस्तुती रहने कला संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । महोत्सब संगै एविसी टेलिभिजनको चर्चीत कार्यक्रम इन्द्रेणीका कलाकारहरुले दैलेख सदरमुकाम नजिकै रहेको पंचदेवलमा दोहोरी सुटिङ्ग समेत गरिएको छ ।