☰ open Loading... 18 October 2024|  

पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्षमा धिताल
  | २१ फाल्गुन २०७३, शनिबार ११:४८

बर्दिया । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको ११ औँ जिल्ला अधिवेसनले राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा १६ सदस्यीय कार्य समिती निर्विरोध चयन गरेको छ ।

अधिवेसनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिव विष्णु अधिकारी र प्रभु चौधरी एवं कोषाध्यक्षमा दिपक शर्मा निर्विरोध चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, लक्ष्मण ढुंगाना, सितल थापा, दुर्गा आचार्य, दिपक श्रेष्ठ, कुशम बिक, ताराबहादुर सुनार, भिमउचै ठकुरी र सन्दिप कुमार बैश्य छन् ।

अधिवेशनले केन्द्रिय पार्षदमा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), बिनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशिला गिरी, गिता अधिकारी चयन गरेको निर्वाचन समितीका सदस्य सुभाष पोख्रेलले जनकारी दिए ।

अबिधेसनबाट प्रदेश पार्षदहरुमा कमल पन्थि, यज्ञ नेपाल, हरीबंश पाण्डे, मंगलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योती पन्थि, बिबेकराज भण्डारी, संजय आचार्य र दिनेश यादव चयन भएका छन् ।

विहान १० बजेका लागि बोलाईएको अधिवेशनमा दिउस २ बजेसम्म पनि बर्दिया शाखाका अध्यक्ष मिनराज शर्मा उपस्थित नभएपछी केन्द्रिय प्रतिनिधीको रोहबरमा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष भावुक योगीको सभापतित्वमा अधिवेसन सम्पन्न भएको हो ।

यसअघि नेपाल पत्रकार महासंघ केन्द्रिय समितीद्धारा फागुन १२ गतेका लागि तोकिएको बर्दिया सहित मध्यपश्चिम क्षेत्रका अधिकांश जिल्लामा अधिवेसन सम्पन्न भएपनि बर्दियामा भने उक्त दिन सम्पन्न नभई फागुन २० गतेका लागि सारीएको थियो ।