☰ open Loading... 10 July 2025|  

ग्रामिण भेगका महिलाले गर्भ जाँच नै गराउँदैनन्
  | २१ फाल्गुन २०७३, शनिबार ११:५६

जाजरकोट । यहाँका अधिकांश महिला गर्भ जाँच गराउँदैनन् । जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व शाखाले निकालेको तथ्याङ्कानुसार गर्भ जाँच गराउने महिलाको सङ्ख्या न्यून पाइएको हो । जाजरकोट जिल्ला अस्पतालसहित २७ बर्थिङ सेन्टर रहेको जिल्लामा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामध्ये नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या निकै कम रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

चालु आवमा संस्थागत सुत्केरी हुनेको सङ्ख्या पाँच सय १६ मध्ये स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराई संस्थामा सुत्केरी हुनेको सङ्ख्या दुई सय १६ मात्र रहेको सुरक्षित मातृत्व शाखामा कार्यरत अनमी जयकुमारी खड्काले जानकारी दिइन् ।