☰ open Loading... 18 October 2024|  

अनेरास्ववियुले निकाल्यो विजयी र्याली
  | २१ फाल्गुन २०७३, शनिबार १४:५५

सुर्खेत । मध्य र सदुरपश्चिमाञ्चल क्षेत्रकै पुरानो तथा चर्चित क्याम्पस सुर्खेत क्याम्पस शिक्षामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुर्खेत क्याम्पस शिक्षामा अनेरास्ववियुले जितेपछि बिजयी र्‍याली निकालेको छ ।

सुर्खेत क्याम्पस (शिक्षा) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जितेपछि विजयी र्याली निकालेको हो । यहाँका राजनीतिक दलहरुका लागि प्रतिष्ठाको विषय बनेको क्याम्पस शिक्षामा अनेरास्ववियुले पुरानो जीत कायमै राखेको छ ।

मतपरिणाम अनुसार कोषाध्यक्ष बाहक अरु सबै पद अनेरास्ववियुले पाएको छ । सभापतिमा अनेरास्ववियुका चक्रबहादुर शाहीले ३८७ मत ल्याएर निर्वाचित भएका हुन् । प्रचण्ड निकट अखिल क्रान्तिकारीका उम्मेदवार महेश जिशीले १२ मत अर्थात ३७५ र नेविसंघका राजकुमार सिजापतिले २७४ मत ल्याएर पराजित भएका थिए ।

यस्तै, सचिवमा अनेरास्ववियुका हिक्मतबहादुर बस्नेत ३७३ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका तिलकबहादुर खत्रीले ३४९ र नेविसंघका राजाराम एैडीले २८७ मत ल्याएर पराजित भएका हुन् । कोषाध्यक्षमा प्रचण्ड निकट अखिल क्रान्तिकारीका माधव सापकोटाले ३८९ मत ल्याएर विजयी भएका थिए भने अनेरास्ववियुका सुवास विसीले ३५५ र नेविसंघका अस्मिता खनालले २७६ मत ल्याएर पराजित भएकी हुन् ।

स्ववियुको सात सदस्य पदमा अनेरास्ववियले एकलौटी जितेको छ । अनेरास्ववियुका निर्मलाकुमारी न्यौपानेले ३७६, हरिप्रसाद चौलागाईले ४०६, अकलबहादुर सिजापतिले ४०८, गिता ज्ञवालीले ३७०, विवेक बुढाले ३७४, अशोक शाहीले ३६५ र सुमन खत्रीले ३४५ मत ल्याएर विजयी भएका छन् ।

समानुपातितर्फ  पनि अनेरास्ववियुले सर्वाधिक मत ल्याएको छ । अनेरास्ववियुले ४२५, प्रचण्ड निकट अखिल क्रान्तिकारीले ३३८, नेविसंघले ३०६, नेक्राविसंघले ४३, विप्लव निकट विद्यार्थीले २८ र मोहन वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ५ मत ल्याएको छ ।