☰ open Loading... 20 April 2024|  

बस भित्रै जलेर मृत्यु
  | २१ फाल्गुन २०७३, शनिबार १९:३४

घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए  । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् । उनको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

पार्किङ गरेको बसमा कसरी आगो लाग्न पुग्यो र मृतक को हुन् भन्ने सवालमा अनुसन्धान सुरु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।  मृतकको शव स्वस्थ्य परीक्षणका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । आगो लागेको बस भने घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ । रासस