☰ open Loading... 22 June 2024|  

बसले ठक्कर दिँदा एकको मृत्यु
  | २३ फाल्गुन २०७३, सोमबार १८:५३

सुर्खेत । बसले ठक्कर दिँदा जुम्लाका एक व्यक्तिको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेत–जुम्ला राजमार्गका वीरेन्द्रनगर १८ समावेशी टोल नजिकै सकडमा हिडिरहेका जुम्ला घोडेमहादेव–५ स्थायी घर भएका १९ वर्षिय दानबहादुर रोकायको घटनास्थलमै मृत्यु भएको हो ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको ना ४ ख ८६५६ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीले बस र कालीकोट घर भएका चालक मिनराज शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।