☰ open Loading... 20 April 2024|  

चीनद्वारा उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षण रोक्न आग्रह
  | २५ फाल्गुन २०७३, बुधबार ११:२३

काठमाडौं । चीनले आपन्न संकट रोक्नका लागि उत्तर कोरियालाई क्षेप्यास्त्र तथा आणविक प्रविधिको परीक्षण रोक्न प्रस्ताव गरेको छ ।


चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र दक्षिण कोरियाले पनि वार्षिक संयुक्त सैनिक अभ्यास रोक्नुपर्ने बताएका छन् । यस्ता अभ्यासले उत्तर कोरियालाई चिढ्याउने गरेको छ ।

उत्तर कोरियाले सोमवार चारवटा क्षेप्यास्त्रको परीक्षण गर्दै अन्तर्राष्ट्रिय प्रतिबन्ध तोडेपछि चीनको यो अपिल आएको हो ।

यही परीक्षणको प्रतिक्रियास्वरूप अमृरिकाले थाड क्षेप्यास्त्र सुरक्षा प्रणाली दक्षिण कोरियामा जडान गरेको थियो ।

चीनको वार्षिक प्रतिनिधिसभा बैठकको साइडलाइन्समा बोल्दै वाले कोरियाली प्रायद्वीपका दुई देश एकअर्कातिर बत्तिँदै आएका रेलजस्ता अनि कसैले कसैलाई बाटो नदिने बताए ।

‘दुवै पक्ष ठोक्किन तयार भएका हुन् ?’ उनले सोधे ।

तनाव घटाउन र सम्झौताको ढोका खोल्न दुवै पक्षले सैन्य कारवाही रोक्नुपर्नेमा उनको जोड थियो ।

बीबीसीबाट