☰ open Loading... 8 February 2025|  

(अपडेट) जाजरकोटमा बस दुर्घटना, २६ को मृत्यु, ४१ घाईते
  | २६ फाल्गुन २०७३, बिहीबार १७:५५

मृत्यु हुनेको संख्या २६  पुग्यो

………………………….

मृत्यु हुनेको संख्या २० पुग्यो ।
घाईतेका हुनेको संख्या ४१

………………………………………………………..

 १५ को मृत्यु, १३ घाईते

………………………………………………………………………..

जाजरकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० भन्दा बढी घाइते भएका छन्।
बिहीबार अपरान्ह खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो। बस भिरबाट करिव दुई सय मिटर तल खसेको घटनास्थलमा रहेका पत्रकार महासंघ जाजरकोटका सचिव दिपेन्द्र शर्माले जानकारी दिए। नेपाली सेना र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको छ।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यका अनुसार सो दुर्घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
बसमा २३ जना यात्रुको चलानी लिएर हिडेको बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ।