☰ open Loading... 27 September 2025|  

स्थानिय निर्वाचनको तयारीमा लाग्नुस् : ज्वाला
  | २८ फाल्गुन २०७३, शनिबार १७:३१

सल्यान  । नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले स्थानिय निकायको निर्बाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देश्न दिएका छन् । सरकारले बैशाख ३१ गने स्थानिय निकायको निर्बाचन गर्ने भनेर मिती घोषणा गरी सकेको बताउदैँ उनले सोही अनुसार तयारी गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

नेकपा एमाले ईलाका न.ं ११ को इलाका स्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ब्यबस्थापिका संसद अर्थ समितीका सभापती तथा सल्यान क्षेत्र न.ं २ का सांसद समेत रहेका ज्वालालृ अवको निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति भएर उदाउने दावी गरे ।
स्थानिय निर्बाचनमा एमाले पहिलो शक्ति हुने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त हुने भए पछि केही शक्तिहरु निर्बाचन भाड्ने खेलमा लागी परेको बताउँदै ज्वालाले पछिल्लो समय नेकपा एमालेमा प्रबेश गर्नेहरुको जनलहर बढेकाले पार्टीमा प्रबेश गरेकाहरुलाई पनि सँगै मिलाएर लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

नेता ज्वालाले सल्यानको बिकासका लागी आफु सधैँ तत्पर रहेको बताएका छन् । स्थानिय स्तरमा बिकास निर्माण नै जनताको पहिलो चाहाना भएको उनको भनाई थियो । ‘स्थानियबासीको माग र आबश्यकता अनुसार बिकास निर्माणका गतिबिधिहरुलाई अगाडी बढाएइरहेको छु’ ज्वालाले भने ।