☰ open Loading... 16 September 2024|  

साझा नेतृत्व चयन गर – सांसद पुन
  | २९ फाल्गुन २०७३, आईतवार १०:२३

रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपाल शिक्षक सङ्घ रोल्पाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शिक्षकहरुलाई साझा रुपमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

उनले भने– “अरु दानमा खासै समस्या पर्दैन तर कन्यादान र मतदानमा विशेष ध्यान पु¥याउनुपर्छ ।” कार्यक्रममा नेपाल शिक्षक सङ्घका राष्ट्रिय कार्य समितिका उपमहासचिव सुशीला सुवेदीले सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकमात्र दोषी नभएको बताए ।

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले दशवर्षे सशस्त्र युद्ध तथा अन्य विविध कारणले शिक्षाको सुरुवात् ढिला भएको हुँदा राप्ती क्षेत्रको शैक्षिक गतिविधिमा रोल्पा पछाडि परेको बताए । जिशिअ पौडेलका अनुसार अझै पनि जिल्लामा ७२२ शिक्षक अपुग रहेको छ ।