☰ open Loading... 16 September 2024|  

दुर्घटनामा एकको मृत्यु, एक घाइते
  | ३० फाल्गुन २०७३, सोमबार १४:३०

धनगढी । धनगढी उपमहानगरपालिकाको मनहेरा सडकखण्डमा गएराति बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।  गएराति फूलबारीबाट धनगढीतर्फ आउँदै गरेको जन्ती बोकेको बा३ख १६३३ नंको बस र विपरीत दिशातर्फ गइरहेको से४प ७१३७ नंको मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिकाका दीपेन्द्र बुढाको मृत्यु भएको हो ।

घटनामा सोही मोटरसाइकलको पछाडि सवार धनगढीकै लोकेश थापा गम्भीर घाइते भएका छन् । थापालाई सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको छ । जन्ती बोकेको बसलाई चालक विवेक सिंहसहित नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।