☰ open Loading... 20 September 2024|  

गायिका भावनाको बबाल कमेडी (भिडियोसहित)
  | ६ चैत्र २०७३, आईतवार १३:१८

सुर्खेत । गायिका भावना आचार्यले आफ्नै लय÷शब्दमा कमेडी एल्बम ‘तालुमा आलु फल्दैन’ बजारमा ल्याएकी छिन् । ‘पानीमाथि आगो बल्दैन सुन न सुन है कान्छा,  भाग्य छ भन्दैमा तालुमाथि आलु फल्दैन’ बोलको यो उनको पहिलो कमेडी गीत हो । यसअघि तीज गीतसहित भावनाले एक दर्जन एल्बममा स्वर दिइसकेकी छिन् ।

त्यस्तै, विभिन्न म्युजिक भिडियोमा उनको अभिनय छ । चरी भरर, ब्युटी पार्लर धाउनेजस्ता उनका चर्चित गीत हुन् । बिन्दास प्रोडक्सनले बजारमा ल्याएको यस गीतमा चिरञ्जीवि सापकोटाले निर्देशन र रञ्जित परियारले स्वरमा साथ दिएका छन् । शिव हमालको लय तथा शब्दमा भावनाले रामजी खा“डसंग ‘पूर्व बग्यो सुनकोशी पश्चिम बग्यो भरी’ नामक लोकगित स्वर दिएकी छिन् ।

भिडियो हेर्नुहोस्