☰ open Loading... 24 November 2024|  

एकसय ११ मतदान केन्द्र सिफारिस
  | ७ चैत्र २०७३, सोमबार १८:०८

स्थानीय तहको निर्वाचनका लागि सल्यान बाट १ सय ११ वटा मतदान केन्द्र सिफारिस गरी पठाईएकोे छ । संविधान सभाको निर्वाचनमा १ सय ३८ वटा मतदान केन्द्र रहेका थिए । तर अहिले २७ वटा मतदान केन्द्र घटाएर १ सय ११ वटा केन्द्र सिफारिस गरेको जिल्ला निर्बाचन अधिकारी महेश शर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भुगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको हो । बिभिन्न राजनितिक दलहरु सहितको बैठकले १ सय ११ वटा केन्द्र बनाउने निर्णय गरेको थियो ।

जसमा सबैभन्दा थोरै ढोरचौर गाउपालिकामा ६ र सबैभन्दा धेरै बनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिका तर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा ९, त्रिबेणीमा ८ र दार्मामा ९ वटा केन्द्र ताकिएको छ । यस्तै नगरपालिका तर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा ३ नगरपािलका र ७ गाउँपालिका बनाएको छ । सल्यानमा मतदाताको संख्या १ लाख, २२ हजार, ४ सय २५ रहेको छ । जसमा पुरुषको संख्या ६१ हजार २ सय १९ र महिलाको संख्या ६१ हजार २ सय ६ रहेको छ ।

जिल्ला निर्बाचन कार्यालयले स्थानिय निकायको निर्बाचनको तयारीलाई तिब्र पनि पारेको छ । आगामी बैशाखको ३१ गते हुने स्थानिय निकायको निर्बाचनको तयारीलाई तिब्र पारिएको हो ।

निर्बाचन कार्यालयले आबश्यक जनशक्ति बिबरण तयार पार्ने, सरोकारवाला सँग समन्वयन गर्ने लगाएतका आन्तरीक तयारीका कामहरुलाई तिब्रता पारेको जिल्ला निर्बाचन अधिकारी शर्माले जानकारीले जानकारी दिए । स्थानिय तहको निर्बाचनमा भाग लिनका लागी सल्यानमा १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।