☰ open Loading... 26 December 2024|  

निर्वाचनमा सक्रिय सहभागी हुन थवाङवासीलाई आह्वान
  | ८ चैत्र २०७३, मंगलवार १५:५९

रोल्पा । सर्वदलीय राजनीतिक बैठकमा थवाङको विकासबारे घनीभूत छलफल भएका छ। थवाङको विकासका लागि कृषि, पर्यटन र जडीबुटीमा जोड दिनुपर्नेमा स्थानीय दलका नेताहरु एकमत रहेको पाइन्छ।

थबाङमा भएको राजनीतिक दलहरुको समन्वयात्मक बैठकमा दलका नेताहरुले थबाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नका लागि सदनमा आवाज उठाउन सांसदहरुलाई आग्रह गरे।

नेकपाका राप्ती ब्युरो सदस्य जयप्रकाश रोकाले अब हामीलाई झुटा आश्वासन नभई थबाङ र समग्र सिङ्गो देशकै विकासको आवश्यकतामा जोड दिए।

सांसद तथा नेपाली काँग्रेसका पार्टी सभापति अमरसिंह पुनले आगामी चुनावमा थबाङको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए। जलजलामा शान्तिबाटिका स्थापना गर्न र जलजलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू सधैँ लागिरहने उनको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य ग्रीस पुनले थबाङी जनता विचारमा विविधता भए पनि विकासका साझा विषयमा एक भएको बताए।

नेकपाका डिसिएम हितप्रसाद रोकाले थबाङमा औषधिजन्य कृषिको व्यावसायिक सम्भावना रहेको औँल्याए । उनीहरुले लिबाङ, धबाङ, जलजला, थबाङ सडकलाई थबाङदेखि जलजलासम्म विस्तार गर्नुपर्ने, सिँचाइ योजना सञ्चालन गर्नुपर्ने, साना लघु जलविद्युत्को स्तर वृद्धि तथा मर्मतसम्भार गर्नुपर्ने, खानेपानी मर्मतका लागि पहल गर्नुपर्ने तथा जलजलाको समग्र संरक्षण र प्रबद्र्धनका लागि पहल गर्नुपर्ने लगायत सुझाव दिएका थिए।