धनगढी । कैलालीमा तीन वर्षको अवधिमा ७१ हजार २३८ नयाँ मतदाता थपिएका छन् । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ३३ हजार ६६१ मतदाता रहेको थिए । अहिले उक्त सङ्ख्या चार लाख चार हजार ८९९ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका २३२ ठाउँमा मतदानस्थल तोकिसकेको छ । विसं २०७० मा भएको संविधान सभा निर्वाचनमा जिल्लाभरी २१७ वटा मतदानस्थल तोकिएको थियो । कार्यालयले आगामी केही दिनमा मतदाता शिक्षा प्रशिक्षक तालिमका साथै सामग्री व्यवस्थापनलगायत तालिम प्रदान गर्न लागेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरिया, मोहन्याल, कैलारी, जोशीपुर र चुरे गाउँपालिकामा हुनलागेको हो ।
साविकमा कैलालीमा एक ९धनगढी० उपमहागरपालिका, पाँच नगरपालिका र २८ गाविस रहेकोमा नयाँ संरचनामा एक उपमहानगरपालिका ९धनगढी०, छवटा नगरपालिका र छवटा गाउँपालिकामा विभाजन गरिएको छ ।