☰ open Loading... 25 February 2025|  

१७ हजारको तयारी चेक भेटिएपछि…
  | ८ चैत्र २०७३, मंगलवार १६:४९

बर्दिया । भुरीगाउँमा एक महिलाले राजमार्गमा भेट्टाएको १७ हजार रुपैयाँको तयारी चेक सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुभएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत भुरीगाउँ बजारको मेन चोकमा भेट्टाएको कलमबहादुर शाहीको नामको १७ हजारको तयारी चेक ठाकुरबाबा नगरपालिका नेउलापुरकी भवानी योगीले फिर्ता गरेकी हुन् ।

?

राष्टिय बाणिज्य बैँक भुरीगाउँ शाखाको फेला परेको चेक मंगलवार विहान रेडियो टाइगर एफ एमबाट सुचना प्रसारण गरीएको थियो । फेला परेको उक्त तयारी चेक रेडियोको कार्यालयबाट सम्बन्धित व्यक्ति कलमबहादुर शाहीलाई हस्तान्तरण गरीएको छ ।

तयारी अवस्थाको चेक थियो, चाहेको भए तुरुन्तै साटेर लग्न सक्नु हुन्थ्यो, तर चेक फेला पारेपछि रेडियोबाट सुचना प्रसारण गरेर इमान्दारीपुर्वक फिर्ता गर्ने महिलाको प्रशंसा गर्दै शिक्षक कलमबहादुर शाहीले उनलाई धन्यबाद दिएका थिए ।

‘चेक हराएको खबर पाएपछी बिद्यालयबाट हतार हतार बैँकमा चेक हराएको निवेदन दिँदै थिँए, राष्ट्रिय वाणिज्य बैँकका प्रबन्धक नारायण बलायरले तपाईँको चेक रेडियो टाइगरमा छ भनेपछी चेक पाँए’ शाहीले भने ।

कसैको दुःखले कमाएको पैसा किन लिनु भन्दै इमान्दारीपूर्वक फिर्ता गरेको योगीले बताईन  । घरबाट विद्यालय जानै लाग्दा आफन्तलाई चेक साटन पठाएका बेला भुरीगाउँ बजारमै चेक हराएको थियो । चेक पाएपछी १७ हजारको चेक बकैँबाट साँटेर उनी खुसी हुँदै विद्यालय गएका थिए ।