☰ open Loading... 16 April 2024|  

दैलेखलाई विश्व मानवचित्रमा चिनाउन आवश्यक छ ः रेग्मी
  | ११ चैत्र २०७३, शुक्रबार १९:०९

दैलेख । नेपाल सरकार अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार पुण्यप्रसाद रेग्मीले दैलेख जिल्लालाई विश्व मानवचित्रमा चिनाउन आवश्यक रहेको बताएका छन । रिर्पोर्टर्स क्लव दैलेखले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रेग्मीले दैलेख जिल्ला प्राकृतिक, ऐतिहासक, पुरातात्विक सांस्कृतिक सम्पादले भरीपूर्ण  भएकाले यसलाई विश्व समुदायमा चिनाउन जिल्लवासी सवै लाग्नुपर्ने बताएका हुन् ।

 नेपाल भन्ने शब्दको इतिहासलाई खोतल्ने हो, दैलेख जिल्लाको नेपा भन्नेठाउँबाट रहेको र विभिन्न जातजातिको उद्गस्थल पनि दैलेख भएकाले त्यसको प्रमाणित गरी इतिहास लेख्नको लागि जिल्लामा क्रियासील पत्रकार लाग्नु उदाहरणीय काम भएको बताए । जिल्लामा संग्राहलय, पुस्ताकालय र मावन सरोवारसम्म पुग्न दूई लेन सड्क बनाउन आवश्क छ । जिल्लाको आर्थिक विकासको निमित्त गुरुयोजना सहित आन्तरिक तथा बाह्य पर्यटकीय स्थल भएको ब्यापक प्रचार प्रासर गर्नु पर्दछ । समृद्ध दैलेखको लागि विकास निर्माणका जति पनि कामहरु छन, तिनीहरुको सहि तरीकाले भए जिल्ला आफै समृद्धि हुने रेग्मीको तर्क थियो ।

कार्यक्रममा बोल्दै उद्योगम वाणिज्य संघ दैलेखका उपाध्यक्ष कुलबहादुर विकले दैलेखमा रहेका ऐतिहासिक सम्पदाहरु नेपाल र कम्वोडिया बाहेक अन्यत्र काही पनि नरहेकाले त्यसको संरक्षण गर्नमा राज्यको ध्यान दिनुपर्ने बताए । हामी दैलखवासी नेपालका विभिन्न जातजातिको उद्गम स्थल भनिरहदा त्यसको इतिहास के हो, भन्नेमा अझै पनि अन्योल भएकाले त्यसको वास्तविकताको खोजि गर्न जिल्लाका इतिहास लेख्न लागेकाले त्यसलाई तार्किक निष्कषमा पु¥याउन सम्बन्धित निकायसम्म पहल गरिदिनहुन इतिहास लेखन तथा महोत्सव संयोजक विष्णु शर्मा आग्रह गरेका थिए । कार्यक्रममा महोत्सवका संयोजकले जिल्लाको विकासका लागि मागपत्र समेत रेग्मीलाई बुझाएका थिए । कार्यक्रमको समापन अध्यक्ष गोविन्द केसीले गरेका थिए ।