☰ open Loading... 18 April 2024|  

विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन दिनेशको सम्झनामा प्रतिष्ठान स्थापना
  | ११ चैत्र २०७३, शुक्रबार २०:४७

सुर्खेत ।  २०७२ चैत १४ गते कालीकोटको चिलखायामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ । स्वर्गिय क्याप्टेन दिनेशको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

प्रतिष्ठानले कर्णाली अञ्चलका जिल्लाहरुबाट वीरेन्द्रनगरमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहयोग गरिने प्रतिष्ठानका अध्यक्ष दिपेन भुषालले बताए । अध्यक्ष दिपन भुषालले दिनेशका अधुरा सपना पुरा गर्न प्रतिष्ठान स्थापना गरिएको जानकारी दिएका छन् ।

उनले प्रतिष्ठानमार्फत हजारौ दिनेश उत्पादनमा टेवा पु¥याउने लक्ष्य रहेको पनि बताए । मुनाफारहित जनहितकारी राजनैतिकविहीन फाउन्डेशन बनाउने प्रतिवद्धता उनको छ । प्रतिष्ठानका उपाध्यक्ष कृष्णा न्यौपानेले ‘सम्झनामा क्याप्टेन दिनेश’ कृतिबाट संकलन भएको रकमबाट उक्त प्रतिष्ठानका लागि खर्चिने बताएकी छन् ।