☰ open Loading... 20 September 2024|  

रञ्जिता केसी बनिन् मिस सुर्खेत
  | १२ चैत्र २०७३, शनिबार २०:१९

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी रञ्जिता केसी मिस सुर्खेत बनेकी छन् । महिलाहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र महिलाहरुको व्यक्तित्व विकासमा टेवा पुयाउने उदेश्यले आयोजित प्रदेशमै पहिलो पटक आयोजित मिस सुर्खेत नेपाल २०१७ को उपाधि रन्जीता केसीले जितेकी हुन् ।

केसीले ५० हजार नगद पुरस्कार समेत पाएकी छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तिम ४ प्रतियोगीलाई उछिन्दै मिस सुर्खेतको उपाधि हात पारेकी हुन् । वीरेन्द्रनगरमा भएको अन्तिम प्रतियोगीतामा एकता देवकोटाले फस्ट रनर अफ र मञ्जु लम्सालले सेकेन्ड रनरअप मिस सुर्खेत नेपालको  २०१७ को उपाधि हात पारिन् ।

गत माघ १० बाट सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको मोडलिङ्ग एण्ड आर्ट क्रियसनले आयोजना गरेको मिस सुर्खेत २०१७ को अन्तिम प्रतियोगीता शनिबार वीरेन्द्रनगरको घण्टाघरमा सम्पन्न भएको थियो । मिस सुर्खेतको अन्तिम प्रतियोगीतामा प्रमुख निर्णायकको भूमिकामा मोडल दिपक घिमिरे र नायिका सञ्चिता लुईटेल थिए । मिस सुर्खेत प्रतियोेगीताको टपटेनमा पुगेका १० जना प्रतिस्पर्धीहरुलाई विभिन्न विधाबाट सम्मान गरिएको छ ।