☰ open Loading... 15 October 2024|  

सुर्खेतबाट प्रकाशित हुने आजको दैनिक पत्रिका
  | १७ चैत्र २०७३, बिहीबार ०७:४५

सुर्खेत । बिहिबार सुर्खेतबाट प्रकाशित भएका दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् । आजको साँझा विसौनी दैनिकले म्यादी प्रहरी बन्ने घुँइचो शिर्षकको समाचारलाई प्रमुखताका साथ स्थान दिएको छ भने । पत्रकार स्थापना दिवसमा प्रभातफेरी र भेरीगंगाको छिन्चु बजारमा सोलार जडानको समाचार प्रकाशीत गरेको छ ।

काँक्रेविहार दैनिकले लाइसेन्स वितरणमा पाँच करोडको चलखेलको समाचार छापेको छ भने सुर्खेतपत्र दैनिकले पत्रकार महासंघ ६२ औं वर्ष र झुप्रा खानेपानीको प्रमुखमा गौतमको समाचारलाई स्थान दिएको छ ।

तर युगआह्वान र सुर्खेत पहिचान दैनिकले देउतीबज्यै मन्दिर कोटि होम महायज्ञको समाचार प्रकाशन गरेको छ । हाम्रो अखबार दैनिकले देउतीबज्यै मन्दिरमा शुरु भएको कोटिहम महायज्ञको पूर्वसन्ध्यामा निकालेको र्यालीको समाचारलाई छापेको छ । तर हाम्रो नयाँ नेपाल दैनिकले भने एकताले बनाएको सुन्दर गाउँको समाचार प्रकाशित गरेको छ ।