कालीकोट । सानोतिनो खर्च चलाउन र साबुन सोडा किन्नका लागी पनि अरुको भर पर्नु पर्ने लालुकी संस्था बोहोरा आजभोली घरपरिवारकी भरोसा बनेकी छिन् । उनले सिकेको ६५ दिने सिलाई कटाइ तालिम उनको लागि मात्र होइन उनको ७ जनाको परिवारका लागि भरोसा बन्दै हो । सिलाई कटाइ तालिम सिकेर उनले व्यवसाय शुरु गरेपछि उनको आर्थिक अवस्थामा आएको परिवर्तसंगै परिवारका सदस्यहरुको उनीप्रति भरोसा बढ्दै गएको हो ।
सीप सिकेर व्यवसाय थाल्ने हो भने आर्थिक रुपमा सबल बन्न मद्यत पुग्ने विश्वास संस्थाले गर्न थालेकी छिन् । ‘जिन्दगी कसरी जीउने भन्ने चिन्ता थियो’ उनले भनिन्, ‘भिडिसेफले आयोजना गरेको ६५ दिने सिलाई कटाइ तालिमबाट सीप सिकेपछि व्यवसाय शुरु गरे अहिले त्यही व्यवसायबाट आम्दानी हुँदै गएकोले आमद्यानी गर्न सकिने आत्मविश्वास बढ्दै गएको छ ।’ बुवाको कमाइ केही नहुँदा बृद्ध आमा र पाँच बहिनीको लालनपालन गर्नु पर्ने जिम्मेवारी पनि संस्थाकै काँधमा छ ।
पारिवारिक बोझका कारण दश कक्षा उत्तीर्ण गरी पढाई छोड्नु परेपछि तनाब भोग्नु परेको बताउने संस्थाले सीप सिकेर आत्म निर्भर बन्न सकिन्छ भन्ने प्रेरणा समेत बनेकी छिन् । ‘घरमा आर्थिक समस्या थियो, बुबाको कमाइ छैन, अन्य कुनै स्रोत छैन’ उनले भनिन्, ‘पढ्न गाहे भए पछि एसएलसी दिएर पढाइ छोड्नु प¥यो ।’ त्यस पछि तालिम लिएर व्यवसाय गर्न थालेपछि मासिक रुपमा नौ÷दश हजार रुपैयाँ कमाउन थालेको उनले बताईन् ।
सीप सिकेर आय आर्जन गर्न थालेकी लालुकी संस्था बोहोरा मात्र एक्ली होइनन् । लालु गाउँ बिकास समिति वर्डा नं. १ का रत्न विकले गाउँमा नै मोबाइल मर्मत पसल चलाएर रोजगार भएका छन् । विक युवा सशक्तीकरण कार्यक्रमले चलाएको ६५ दिने तालिम लिएर गाउँमा नै स्वरोजगार भएका हुन् । अहिले गाउँघरमा प्रायः सबैको हातहातमा मोबाइल हुन्छ । त्यसैले गाउँमा नै मोबाइल मर्मत गर्दा राम्रो आम्दानी हुने गरेको रत्न विकले बताए । तालिम लिएर मात्र भएन सिकेको कुरालाई व्यवहारमा लागु गर्नु प¥यो भनेर आफुले मोवाइल मर्मत गर्न थालेको उनले बताए ।
दैनिक १० देखि २० मोबाइल बनाउने र त्यसबाट मासिक रुपमा १२÷१३ हजार रुपैयाँ नाफा गर्न थालेको रत्नले बताए । एसएलसी पास गरेका रत्न घरमै बसेर राम्रो कमाइ हुन थाले पछि यूवाहरुले सीप सिकेर बिदेश जानु भन्दा स्वदेशमा नै काम गर्न सके राम्रो आम्दानी गर्न सकिने बताउँछन् । हरेक बर्ष पैसा कमाउन भारत जानेरत्न गाउँमा व्यवसाय शुरु गरे पछि भारत जानु नपरेको बताए ।
‘म भारतमा प्रत्येक वर्ष रोजगारीमा जाने गरेको थिएँ’ उनले भने, ‘अहिले गाउँमा नै राम्रो कमाइ हुन्छ किन भारत जानु ?’ मोबाइल मर्मतको तालिम पछि व्यवसाय सञ्चालनका लागि सहकारीमार्फत घुम्तीकोषबाट ऋण लिएर गाउँमा मोबाइल पसल चलाएका उनले सहकारीको ऋण चुक्ता गरी मासिक बचत बढाएको बताए ।
त्यसै गरी सिप सिकेर व्यवसायिक योजनाको अभावमा रुमल्लिएका लालु ९ का जगत बिष्ट पनि पछिल्ला दिनमा राम्रो कमाइ गर्ने व्यवसायिक यूवाको रुपमा चिनिएका छन् । १२ कक्षा पढेर पढाई छोड्नु परेको पीडालाई उनले आर्थिक रुपमा आत्मनिर्भर भएर देखाउने अठोटका साथ स्थानीय बजारमा मोवाइल पसल राखेर शुरु गरेको बताए ।
गैर सरकारी संस्था भिडिसेफले दिएको ५ दिने व्यवसाय शुरु तथा बिस्तार तालिमबाट सिकेको ज्ञान सीपलाई व्यवहारमा लागू गर्न व्यवसाय शुरु गरेको बताउने बिष्टले मोवाइल मर्मत तथा बिक्रिबाट मासिक १२ हजारभन्दा बढी रुपैयाँ आम्दानी गर्न थालेको बताए ।
लालुका यूवाहरुजस्तै काल्कोटका नवराज बटाला, रुप्साकी उर्मिला बुढा लगायतले सीप सिकेर आत्मनिर्भर बनी रहेका छन् । यी उद्यमशिल यूवाजस्तै सन् २०१६ मा कालीकोटका १२ गाउँ बिकास समितिका २८ जना यूवालाई सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालीकोटद्धारा सञ्चालित यूवा शसक्तिकरण परियोजना अन्तर्गत विभिन्न सीपमुलक तालिमहरु दिइएको भिडिसेफका कार्यक्रम संयोजक चन्द्रबहादुर बि.कले जानकारी दिए ।