सुर्खेत । सुर्खेतका युवा प्रतिभा तथा व्यवसायी चेतन पुरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेकाे भे ५ प ९२७६ नम्बरको मोटरसाईकललाइ कोहलपुर नगरपालिकाको हवल्दापुरमा मंगलवार दुर्घटना हुँदा उपचारको क्रममा उनकाे मृत्यु भएको हो । पुरीसंगै रहेका कवि गिरी भने घाइते छन् ।
पुरीले चलाइरहेको मोटरसाईकललाई नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको बा १६ च २२१४ नम्बरको स्कोरपियोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । उनीहरुलाई मंगलवार साँझ साढे पाँच बजे स्कोरपियोले ठक्कर दिएको थियो ।
प्रहरी प्रमुख राईका अनुसार दुर्घटनामा गम्भीर घाईते पुरी र गिरीको उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । तर कोलपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो । ठक्कर दिने स्काेरिपयाेलाइ इलाका प्रहरी कार्यालय काेहलपुरले नियन्त्रणमा लिएकाे छ । सुर्खेत वीरेन्द्रनगर १ धारापानी निवासी पुरी गित संगित र अभिनय क्षेत्रमा रुची राख्थे । उनी राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान भेरी अञ्चल उपाध्यक्ष र सुर्खेत उद्याेग वाणिज्य संघ अन्तरगत रहेकाे फेन्सी वस्तुगत समितिका सदस्य थिए ।