☰ open Loading... 24 November 2024|  

कोटिहोममा १० लाख बढी संकलन
  | २३ चैत्र २०७३, बुधबार १८:३०

सुर्खेत । यही चैत १६ गतेदेखि देउती बज्यै मन्दिर परिसरमा संचालन भएको कोटिहोममा बुधवारसम्म १० लाख बढी नगद संकलन भएको छ । बुधवार मात्रै ३ लाख नगद संकलन भएको छ ।

देउतीबज्यै व्यवस्थापन समितिको आयोजनामा संचालन भइरहेको कोटिहोममा बुधवार भूपेन्द्रनाथ योगीले १ लाख ११ हजार १५१ रुपैयाँ दान दिएका छन् । त्यसवापत योगीलाई प्रमुख अतिथिसहितको सम्मान गरिएको प्रचार संयोजक सुदीप पुरीले जानकारी दिए ।

देउती बज्यै मन्दिरको समृद्धि र विस्तारका लागि संचालन गरिएको कोटिहोम भक्तजनहरुको सहभागिता बढिरहेको छ । कोटिहोममा भूमिपूजा, पितृउद्धार, ज्ञानमय सप्ताह, संगीतमय प्रवचन, भजन कीर्तन, राष्ट्र शान्तिका लागि पूजन भइरहेको छ । कोटिहोममा तुलादान र सालिग्राम परिक्रमा गर्नेहरुको संख्या बढिरहेको प्रचार संयोजक पुरीले जनाए ।

देउती बज्यै मन्दिर परिसरमा सुविधासम्पन्न धर्मशाला निर्माण गरिने भएको हु“दा कोटिहोम अवधिभर सहभागी भइ गच्छे अनुसारको दान दिइ मन्दिरलाई प्रदेशस्तरीय धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पुरीले आव्हान गरेका छन् । कोटिहोममा ५ लाखभन्दा बढी दान गर्ने दातालाई सम्मानसहित देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको पदेन सदस्यमा चयन गरिने, ११ लाख बढी दान गर्नेलाई तोकेको व्यक्तिको नामको अर्धकदको सालिक निर्माण गरिने, २१ लाख बढी दान गर्नेलाई पूर्ण कदको सालिक निर्माण गरिने, ३१ लाख बढी दान गर्नेलाई व्यक्तिले चाहे अनुसार धर्मशालाको नामाकरण गरिने र समितिको पदेन सदस्यमा चयन गरिने र ५१ लाख दान गर्नेलाई माथिका सम्मानसहित शिरोमणि पद प्रदान गर्नुका साथै आजीवन समितिको पदेन सदस्यमा चयन गरिने प्रचार संयोजक पुरीले जनाए ।

कोटिहोममा प्रमुख बाचक भागवत रसिक गुरुदेव श्री ऋषिराम पौडेल र संकल्पकर्ता सिद्धप्राप्ति कालिमाता निरन्तादेवी शाह छन् ।कोटिहोममा विहानै सालिग्राम पूजा, ११ बजेदेखि संगीतमय प्रवचन र झा“की, बेलुका ७ बजेदेखि झा“कीसहित भजनकीर्तन संचालन भइरहेकोले सुर्खेतबासी भक्तजनहरुलाई उपस्थितिका लागि समेत आग्रह गरिएको छ । कोटिहोम बैशाख १ गतेसम्म संचालन हुनेछ ।