☰ open Loading... 24 November 2024|  

प्रतिवद्धता प्रत्रसहित जनताको दैलोमा जाँदै माओवादी केन्द्रका उम्मेदवार
  | २४ चैत्र २०७३, बिहीबार १२:४२

सुर्खेत । नेकपा माओवादी केन्द्र सुर्खेतले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्रसहित जनताको घर–घर पुग्ने अभियान थाल्ने भएको छ । केन्द्रले आफ्ना उम्मेदवारहरुलाई जिताउन यस्तो प्रतिवद्धता पत्रसहितको अभियान थाल्न लागेको हो ।


प्रतिवद्धता पत्रमा उम्मेदवार विजयी भएमा गर्ने आर्थिक समृद्धि, विकासका एजेण्डा लगायत समावेश हुनेछन् । वीरेन्द्रनगरसहित तीन नगरपालिका र दुई गाउँपालिकाका लागि मेयर तथा अध्यक्ष पदका उम्मेदवारहरुको टुंगो लगाएको केन्द्रले बाँकी गाउँपालिका र नगरपालिकामा केही दिन घोषणा गर्ने जनाएको छ ।

यही चैत्र ११ गते नै वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा रत्नबहादुर गाहा र उप–मेयरमा हरिमाया शर्मालाई घोषणा गरेको केन्द्रले अवको केही दिनमा बाँकी उम्मेदवारहरुको छिनोफानो हुने जनायो । वीरेन्द्रनगर नगरपालिकाका मेयर पदका उम्मेदवार गाहाले आफूले घरदैलो अभियानलाई तिव्रता दिएको बताए ।

उनले पार्टीका कमिटीमार्फत र एक्लै मतदाताको घरघरमा पुगेरका प्रचारप्रसारमा व्यस्त रहेको उल्लेख गरे । सुन्दर र समृद्ध नगरपालिका बनाउने योजनासहितका प्रतिवद्धता लिएर फेरी उपत्यकाका सवै नागरिकको दैलोमा पुग्ने बताए ।

यसअघि नै समाज कल्याण परिषद्को कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका गाहाले मेयर पदमा विजयी भएमा भौतिक संरचनामा मजबुत, उज्यालो शहर र पर्यटकीय गन्तव्यको हव वीरेन्द्रनगरलाई बनाउने प्रतिवद्धता पनि जनाए । वीरेन्द्रनगरको चौतर्फी विकासका लागि आन्तरिक रणनीतिकसहितको योजनाहरु बनाएर अघि बढ्ने उद्घोष पनि उनको छ ।

यसैविच, माओवादी केन्द्र सुर्खेतले गुर्भाकोट नगरपालिकाको मेयरमा हिराबहादुर थापा, लेकवेशी नगरपालिकामा खड्क घर्ती, पञ्चपुरी नगरपालिमा बमबहादुर विकलाई उम्मेदवारमा घोषणा गरेको छ ।

यस्तै, चौकुने गाउँपालिकामा खड्क विक ‘बासपाने’ र सिम्ता गाउँपलिकामा झुकबहादुर बुढालाई मेयर पदमा उम्मेदवार घोषणा गरेको केन्द्र सुर्खेतले जनायो । उप–मेयरका विषयमा छलफल जारी रहेकाले बाँकी भेरीनगरपालिका, बराह गाउँपालिका, र चिङ्गाग गाउँपलिसहित सवैमा अन्तिम उम्मेदवारहरुको टुङ्गो केही दिनमा लागाउने गृहकार्यमा केन्द्र जुटेको छ ।