| २४ चैत्र २०७३, बिहीबार १७:५६
सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुवेर मृत्यु भएको छ । वीरेन्द्रनगर–२ भुरेलीका हस्तबहादुर खड्काको बिहिवार विहान ११ बजे नदीमा डुवेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
बुवाको चौरासी पुजा गरेर फुलापती सेलाउन बराह गाउँपालिकाको रानीघाटस्थित भेरी नदीमा उनको डुवेर मृत्यु भएको स्थानीय लालबहादुर बुढाले जानकारी दिए । खड्काको शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल कालागाउँ लगिएको पनि उनको भनाई छ ।