☰ open Loading... 27 November 2024|  

आश्वासन बाँड्दै गाउँ गाउँमा नेताहरु
  | २५ चैत्र २०७३, शुक्रबार ०८:३०

स्थानीय चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र्र र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको दैलो–दैलामा पुगको हुन् ।

 

बाढी पीडित, भुमिहिन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न हामिएका छन् । हुनत यसअघिका निर्वाचनमा सुर्खेतका सुकुम्बासीको मत निर्णायक हुने गरेको थियो । सुर्खेतका १ लाख ८५ हजार मतदातामध्ये करिब २५ प्रतिशत भन्दा बढी भुमिहिन र सुकुम्बासी र बाढी पीडित छन् ।

सुर्खेतको कुल जनसंख्या मध्य करिब २० हजार भुमिहिन छन् भने ५ हजार भन्दा बढी सकुम्बासीहरु रहेको सरकारी तथ्याङ्क छ । २०७१ सालको बाढी पहिरोबाट सुर्खेतमा करिब १ हजार ४ सय भन्दा बढी विस्थापित भएका छन् । विस्थापितहरुले पनि आफुलाई पुर्नंवास नगराएसम्म मतदान नगर्ने चेतावनी दिएपछि सुर्खेत स्थित राजनीतिक दलहरुले पनि यिनीहरुका ऐजण्डा बनाएर चुनावमा होमिएका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा नेपालले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुर्नंवास, लालपुर्जा, सुर्खेत–नेपालगञ्ज टु लेन सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, सांस्कृतिक हब सेन्टर बनाउने विषयलाई चुनावी मुद्दा बनाएका छन् । जिल्लामा डेरा जमाएर बसेका नेताहरु विभिन्न नेताहरु यतिखेर यस्ता मुद्दाहरु लिएर गाउँ–गाउँ र टोलमा भ्यायी नभ्याई छ । १७ दलले सुर्खेतबाट चुनावमा सहभागीता जनाउन दर्ता भएका छन् । नेकपा माओावादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको मेयर र उप–मेयर पदमा उम्मेदवारको टुंगो लगाएपनि अन्य दलले हालसम्म टुंगो लगाउन सकेका छैनन् ।

०४९ र ०५४ सालको स्थानीय निकायको निर्वाचनमा जितेको एमालेले यस पटकको उम्मेदवार कस्लाई बनाउने भन्ने विषयमा ठोस धारणा सार्वजनिक गर्न सकेको छैन् । नेपाली काँग्रेसले पनि हालसम्म वीरेन्द्रनगरसहित अन्य गाउँ र नगरपालिकामा पनि कस्लाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन् । एमाले र काँग्रेसले उम्मेदवारको टुंगो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेण्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न व्यस्त छन् ।

प्रदेश नम्बर ६ को राजधानी सुर्खेत हुने भएकाले पनि यहाँको निर्वाचनलाई महत्वको साथ हेरिएको छ । फोरलेन सडक र हटलेन सडक निर्माण, भेरीको पानी पम्पिंग गरेर ल्याउने योजना, च्रकपथ निर्माण, काँक्रेविहारलाई व्यवस्थित गर्ने योजनाहरु भने पुरानै हुन् ।

नेपाली कांग्रेसले विकास, संविधानका विषयलाई लिएर जनताको घर दैलो पुगेको छ । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले स्थानीय तह शक्तिशाली र अधिकार सम्पन्न भएकाले विकास र संविधानका विषयलाई मुद्दा बनाएर जनताको घर दैलोमा गएको बताए । कांग्रेसले राणा शासनका अन्त्य ग¥यो ।

२०६२÷०६३ मा अन्तरिम संविधान बनायो । नेपालको संविधान २०७२ पनि कांग्रेसकै कारणले गर्दा बनेको दावी गरेका सभापति रेग्मीले विगतमा वामपन्थीहरु ६२ प्रतिशत हुदाँ पनि संविधान घोषणा गर्न नसकेको बताए । कांग्रेस सरकारमा पुगेकै समयमा संविधान घोषणा भयो बताएका उनले जारी भएको संविधानलाई कार्यान्वयन गर्न स्थानीय तहमा पनि काँग्रेसले जित्न आवश्यक रहेको औंल्याए । संविधान कार्यान्वय र महिला दलित जनजाति र सिमाकृतहरुको अधिकार सुनिश्चित गराउनका लागि कांग्रेसलाई भोट दिएर जिताउन समेत उले आग्रह गरे ।

सुर्खेतमा तीन ओटै निर्वाचन क्षेत्रमा कांग्रेसले जितेकाले विकास पनि दु्रत गतिमा भएको दावी रेग्मीको छ । ‘कांग्रेस विकास प्रेमी हो, स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी भएपछि सुर्खेत टु रारा ताल र मानसरोवरलाई पर्यटकीय स्थल रुपमा घोषणा गर्नेछौं’ रेग्मीले भने,–‘स्थानीय तहको निर्वाचन लगत्तै भुमिहिन र सुकुम्बासीहरुका मागहरुलाई पनि कांग्रेसले नै समाधान गर्नेछ ।’ अवको एक साताभित्र सुर्खेतका सवै गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा गर्ने गृहकार्यमा आफूहरु जुटेको उनले बताए ।

स्थानीय तह शक्तिशाली र अधिकार सम्पन्न भएकाले विगतमा समाधान गर्न नसकेका विकास निर्माणका आयोजनालाई प्राथमिकतामा राखेर पाँच वर्षमा सम्पन्न गर्ने रणनीति नै बनाउने बताएका नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले मेडिकल कलेज स्थापना, भेरी किनारलाई स्मार्ट सिटी जस्ता कार्यक्रम यस अघि नै ल्याएको दावी गरे ।

एमाले काम गरेर देखाउछ झुटो आश्वसन नदिने जिकिर गरेको अध्यक्ष शाहीले ५० शैयाको क्षेत्रीय अस्पताललाई ३५० शैयाको बनाउन आफ्नो नेतृत्वको सरकारले नै बजेट छुट्याएको बताए । मप विश्वविद्यालयको प्रशासनिय भवन निर्माणार्थ बजेट, क्षेत्रीय स्तरको एयरपोर्ट विस्तार, प्रादेश स्तरीय औद्योगिक क्षेत्र लगायतका कार्यक्रम एमाले सरकारले ल्याएकाले जनताको घर दैलोमा यही कुरालाई स्मरण गराउने शाहीले बताए ।

‘जनतालाई राम्रोसंग थाहा छ कस्को पालमा कति काम भएका छन्’ शाहीले भने,–‘स्थानीय तहको निर्वाचनमा एमालेलाई बिजयी गराएमा भुमिहिन, सुकुम्बासी र बाढी पीडितका समस्याहरु समाधान गर्न प्राथमिकतामा राख्नेछौं ।’ एमाले राष्ट्र र जनताका हितमा सरकारमा रहदाँ र सरकार बाहिर रहदाँ पनि जनताको पक्षमा बोल्ने भएकाले एमाले नै जनताका समस्या समधान गर्न सक्षम रहेको उनको तर्क छ । अरु पार्टीले जनताको समस्यालाई समधान गर्न नसक्ने भन्दै जनताको जिम्मेवारी पार्टी एमाले मात्र भएकाले विकास निर्माणदेखि लिएर जनताका अधिकार सुनिश्चित गराउने जिम्मेवारी एमालेको भएको दावी गरे ।

माओवादी केन्द्रले वीरेन्द्रनगरलाई ६ नं प्रदेशको राजधानी बनाउने पहल गर्दै प्रविधिमैत्री ग्रीन सिटीका रूपमा विकास गर्ने मुद्दा उठाएको छ । माओवादी केन्द्रबाट वीरेन्द्रनगर नगरपालिकाको मयेरका उम्मेदवार रत्नबहादुर गाहाले माओवादी केन्द्रले संघियता अवधारणा ल्याएकाले संघियता कार्यान्वयन पनि माओवादीले  मात्र गर्न सक्ने बताए । जनताको घर दैलोमा पुग्दा आफ्नो पार्टीले पनि विकासका मुद्दालाई उठाउने जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकालाई ग्रीन सिटीको रुपमा स्थापित गर्ने, वीरेन्द्रनगरलाई शिक्षा हप बनाउने र पर्यटकीय स्थलको रुपमा वीरेन्द्रनगरलाई चिनाउन कटिवद्धताका साथ लाग्ने उद्घोष उनको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व सह–महामन्त्री तथा वीरेन्द्रनगर नगरपालिकाको मयेरका सम्भावित उम्मेदावर मुकुन्दश्याम गिरीले जनताका दैनिक सरोकार राख्ने विषयलाई मुद्दा बनार जनताको घर दैलोमा पुगेको बताए । स्थानीय तहका समस्यालाई पहिचान गरेर पार्टीको घोषणा पत्रमा राखेरै जनता माँझ प्रस्तुत हुने उनको भनाई छ ।

मुख्यत् ६ नम्बर प्रदेशको राजधानी बनाउन लायक एजेण्डा, बाढी पीडित, भुमिहिन र सुकुम्बासीहरुका समस्यालाई समधान गर्ने गरी घोषणा पत्र तयार गर्ने पनि उनले बताए ।

जनताले विषयवास गरी मतदान गरेमा राप्रापा नेपालले सबैको समस्या समधान गर्ने गिरीको दावी छ । उनले वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा स्थापति गर्न, उत्तर जलाधारलाई व्यस्थित गर्न, नयाँ संविधान अनुसार व्यवस्थित गुरुयोजना बनाउने, राजा वीरेन्द्र ल्यागयतको व्यवस्थित नगरको गुरु योजनालाई कार्वान्वयन गर्ने मुद्दाहरु उठान गर्ने जानकारी दिए । सुर्खेतमा बेस क्याम्प बनाई सुर्खेत–दैलेख र सुर्खेर टु रारा पर्यटकीय गन्तव्य बनाउने एजेण्डमा पनि आफ्नो पार्टी लाग्ने जिकिर गरे ।

-siddhadarshan daily