☰ open Loading... 23 November 2024|  

उद्यमतर्फ कैदीको आकर्षित, मासिक २५ हजार आम्दानी
  | २५ चैत्र २०७३, शुक्रबार १८:११

सल्यान । सल्यानका कैदी वन्दीहरु उद्यमतर्फ आकृर्षित भएका छन् । उनीहरुले जिल्ला कारागार भित्रै विभिन्न घरेलु सामग्रीहरु निर्माण गरेर मासिक २५ हजार आम्दानी समेत गर्न सफल भएपछि उद्यमतर्फ आकर्षित भएका हुन् ।

कैदीवन्दीहरुले बासबाट निर्माण हुने मुढा, टोकरी जस्ता सामाग्री उत्पादन गर्दै आएका छन् । कैदी वन्दीहरुले खाली समयमा बाँसवाट मुढा, टोकरी, डालो, टोपी लगायतका सामाग्री तयार पार्ने गरेको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले जानकारी दिए ।

‘कैदीहरुले मासिक २५ हजार बढि पैसा कमाउछन् ।’ उनले भने– ‘उनीहरुले उत्पादन गरेका वस्तुहरु आफै बजारिकण गरेर राम्रो मुनाफा लिइरहेका छन् ।’

बिभिन्न सामाग्री बनाउन आवश्यक पर्ने बास लगायतका कच्चा पदार्थ ल्याउनमा जिल्ला कारागार सल्यानले सहयोग गर्दै आएको छ । ‘धेरै कैदीहरु छौँ आफुले जानेको सीप नयाँ आएका कैदीहरुलाई पनि सिकाउछौँ’ कैदी महेन्द्र थापाले भने– ‘आफुले जानेको सिपबाट २÷४ पैसा आम्दानी हुन्छ भने किन नगर्नु भनेर काम गरिरहन्छौँ ।’

आफुहरुले कमाएको पैसाले आफुहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेको थापाको भनाई छ । उनले आफुहरुले अझ यसबारेमा तालिम लिने हो भने आफुहरुले धेरै कमाउन सक्ने बताए । ‘महिलालाइ उनीहरुको क्षमताका आधारमा सीप विकास तालिम दिन पनी उनले माग गरे ।

कैदीहरुका उत्पादन गरेका सामग्री हाल खलंगा, श्रीनगर लगायतका बजारमा जाने गरेको र कतिपय कारागारमै पुगेर किनेर लैजाने गरेको जेलर केसीले बताए । ‘कैदीहरुले उत्पादन गरेका वस्तुहरुको बजारको समस्या छैन, जती पनि बिक्री हुन्छ’ उनले भने । हाल जिल्ला कारागार सल्यानमा ६५ कैदी छन् ।