☰ open Loading... 23 November 2024|  

सुर्खेतमा सम्पन्न भूतपूर्व सैनिक सम्मेलनका २० तस्वीर
  | २६ चैत्र २०७३, शनिबार १५:०३

सुर्खेत । भूतपूर्व सैनिक सम्मेलन मध्यपश्चिमाञ्चल २०७३ सम्पन्न भएको छ । वीरेन्द्रनगरको मंगलगढीस्थित सैनिक महाविद्यालयमा शनिवार सो सम्मेलन सम्पन्न भएको हो ।


सम्मेलनमा सम्बोन्धोन गर्दै नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले भूतपूर्व सैनिकहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलम कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

नेपाल सेनाको सैनिक कल्याणकारी कोषबाट अवकाश प्राप्त सैनिक र तिनका परिवारहरुलाई विभिन्न लघुवित्तका कार्यक्रमहरु सञ्चालन गरेर व्यवसायिक बनाउन सहयोग पु¥याएको क्षेत्रीले उल्लेख गरे ।


शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएका क्षेत्रीले आगामी दिनमा यसलाई प्रभावकारी बनाउन रचनात्मक सहयोग गर्न आग्रह पनि गरेका थिए ।

दक्ष र व्यवसायी बनाउन हाम्रो प्रयास जारी रहेको बताएका उनले कोषमा ३६ अर्ब ४ करोड २८ लाख ९३ हजार रकम रहेको जानकारी दिए । उनले यही रकमबाट आएको व्याजले अवकास प्राप्त सैनिक, तिनका परिवार र बाहलवाला सैनिकहरुका लागि विभिन्न लघुवित्तका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गरे ।


नेपाली सेना काल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी चित्रबहादुर गुरुङले नेपालमा १७ हजार भूतपुर्व सैनिकहरु लघुवित्तमा जोडिएको जानकारी दिए । उनले आगामी दिनहरुमा यो संख्यालाई २५ हजार पु¥याउने लक्ष्यरहेको पनि बताए ।

उनका अनुसार हालसम्म २ अर्ब ७५ करोड रुपैयाँ भूतपस्र्व सैनिक, तिनका परिवार र बाहलवाहरुलाई कर्जा प्रवाह गर्दै आएको जानकारी दिए ।

नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा कर्जा प्रवाह गर्दै आएको बताएका उनले लघुवित्त कार्यक्रम लोकप्रिय बन्दै गएको जानकारी पनि दिए ।


सम्मेलनमा मध्यपश्चिमका सुर्खेत, जाजरकोट, दैलेख, कर्णाली अञ्चलका सँस्कृती झल्कने झाकीहरु देखाइएको थियो ।