☰ open Loading... 12 January 2025|  

सीमा अतिक्रमण रोक्न काँडेतार लगाउन माग
  | २६ चैत्र २०७३, शनिबार १८:०१

आदरणीय जनसमुदायहरु,
हामी यतीबेला देशको पुरै सिमानामा काँडेतार बार लगाउनु पर्छ भनेर आवाज उठाईरहेका छौं । २८० १०’ ०’’ एन अक्षांश र ८४० १५’ ०’’ इ देशान्तर विचको क्षेत्रफलमा फैलिएको हाम्रो देश नेपाल यतीवेला सिमा अतिक्रमको चपेटामा परेको छ । २०६८ सालमा दशगजा फिल्म निर्माणताका सम्म ५४ ठाउँमा अतिक्रमणमा परेको र त्यो बढेर अहिले ७१ ठाउँ भन्दा माथी पुगेको हाम्रो अनुमान छ । हामी यसको बास्तविकता सिमाविद, भुगोलविद र इतिहासविदहरुको सहयोगमा अध्ययन गरि जनसमक्ष ल्याउने प्रयत्न गर्ने छौं ।

हामीले हाम्रो देशको इतिहासलाई अलिकति अध्ययन ग¥यांै भने थाहा पाउने छौं, कि अंशुबर्माले आÏनी छोरी भृकुटीको तिब्वतका तत्कालीन शासक श्रङ चङ्गम्पो सँग विवाह गराई उत्तरी सिमान सुरक्षित पारेको इतिहास छ । भृकुटीले त्यस अवस्थामा बुहारीको नभै देशका लागी कुटनितिक भुमिका निर्वाह गरेकी थिईन । त्यसै गरी बाईसे चौविसे राज्यको पालामा पनि यसै खालको वैवाहिक कुटनिती प्रचलनमा रहेको इतिहास छ । तर वर्तमान शासकहरुमा यस्तो दिर्घकालीन सुरक्षाको रणनिती बनाउने दक्षता देखिएन । उल्टै राज्यका प्राकृतिक स्रोत साधनहरु आर्थिक प्रलोभनमा परी दिर्घकालसम्म मुलुकको पहुंच बाहिर पु¥याउने घातक र विडम्वना पूर्ण कार्यहरु दोहोरिइरहेको पाईयो ।

सर्सर्ती सतही अध्ययनमा पनि के देखिएको छ भने राज्यका उच्च तहका कतिपय कर्मचारीहरु, सुरक्षा अंगका जिम्मेवार व्यक्तिहरु, राजनैतिक पार्टिका नेतृत्व तहमा रहेकाहरु अत्यन्त भ्रष्ट चरित्रका देखिएका र रातारात जिवनशैली परिर्वतन गरिरहेका देखिएका छन । अदृश्य शक्तिहरुले तिनीहरुलाई अंकुत कमाउने अवस्था सृर्जना गरिदिएर राज्ययन्त्रलाई ध्वस्तप्राय बनाईदिने र देशको मूल निती राजनितीलाई संधै अस्थिर बनाईदिने, जसका कारण आमजनतामा निराशा पैदा भै संधै आन्दोलित बनिरहने ।

मुलुकका विकासका संरचनाहरुलाई ध्वस्त बनाईदिने, भ्रष्ट समूह (Corrupted Mass) हरुको शक्तिकेन्द्रहरु विकास गर्ने र क्षमतावान राष्ट्रिय व्यक्तित्वहरुलाई ‘व्रेन ड्रेन’ गराउने र पलायन गराउने उत्पादन तथा अ‍ैधोगिक गतिविधीहरु ठप्प पारीदिने आम उपभोक्ताहरुलाई परनिर्भर वनाईदिने जसका कारण वेरोजगार युवा जमात देशबाट पलायन भैरहने, यस्तो दुश्चक्रमा मुलुकलाई फंसाएर सधै पराधिन बनाईरहने गम्भिर षडयन्त्रको देश यतिवेला शिकार भईरहेको छ ।

यसै विच परापूर्व कालदेखी अन्त्यन्तै सौहार्द पूर्ण भातृत्व र बन्धुत्वमा बांधिएर आईरहेको नेपाली समाजलाई जातियता र क्षेत्रीयताको रङ्गमा मुठभेड तर्फ डो¥याउने खतर्नाक षडयन्त्र भैरहेको देखिएको छ ।

देश भित्र जुन भूगोलमा रहे पनि जुन भाषा संस्कृती र भेषभुसामा रहेपनि हाम्रो मुख्य पहिचान त नेपाली नै हो नी तर अहिले हाम्रो मौलिक नेपाली पहिचान खतरामा पारिएको छ र एक नेपालीले । अर्काे नेपलीको पिडामा रमाउने दुर्भाग्यपुर्ण अवस्थाको सृर्जना गरिंदैछ । भयङ्कर अपराधी मानसिकताद्घारा निर्देशित र नियोजित तरिकाले यो अवस्था नेपाली जनता माथी लादिएको छ ।

जताततै भ्रम सृर्जना गरि नेपाली राष्ट्रप्रेमी चेतनालाई र एकतालाई क्षतविक्षत पारिएको छ । हामीले देखिरहेका छांै यस्तै अस्थिरताका बिच विभिन्न राष्ट्रघाती संझौताहरु हुदैँ आएका छन यही अस्तव्यस्ताका बिच सिमा अतिक्रमण चर्को रुपमा गरिदैं आएको छ । विभिन्न खेमामा वाँडेर देशभित्र बचेखुचेका युवा शक्तिहरुलाई पनि आपसी द्घन्दमा फंसाइएको छ ।

आखिर हाम्रो देशको संपती लुटेर मुलुकलाई भताभुङ्ग बनाउन प्रयोग गरिएको सजिलै आंकलन गर्न सकिन्छ । यही उपक्रमको पछिल्लो अध्याय देशको सिमाना कञ्चनपुरको पुनर्वासामा गोविन्द गौतमको हत्या प्रकरण । थाहा पाउन आवस्यक छ यस्तो हत्या पहिले पनि हुँदै आएको थियो । २०६७ जेष्ठ एघार गते मोरङ, आमही, बरयाती ७ का ५५ वर्षीय बासुदेब शाहको एसएसवीले गोली हानी हत्या गरेको थियो ।

गोविन्द गौतमको मृत्यु पछि जनदवाव चर्कंदै जांदा उनलाई शहिद घोषण गर्न सरकार बाध्य भयो तर बासुदेब शाहको बारे त्यस्तो हुन सकेको थिएन । आयोगले सरकार संग आवस्यक जानकारी मागे पनि लुकाइएको थियो । अहिले सुन्नमा आएको छ, ६ वर्ष पछि बल्ल छानविन थालिएको छ । प्रश्न उठ्छ, यो ६ वर्षको विचमा सरकार थियो कि थिएन ? थियो भने आÏनो नागरिक सिमानामा मारिंदा के हेरेर बसेको थियो ?

छोटो विश्लेषण गरौं, नेपाल प्रहरीको अगाडी गोली हानेर गौविन्द गौतम मारिएका थिए । नेपाल प्रहरी मुकदर्शक मात्रै बनेन आफैं भाग्दै गरेको लज्जाजनक दृश्य देख्नु परेको थियो, कायरता प्रदर्शनको पराकाष्ठ थियो । यो घटना नेपाली सेनालाई पनि थाहा थियो । सिमा सुरक्षाकै लागि भनेर हरेक देशमा सेना रहने गर्दछ सिमानामा नागरिक मारिंदा सेना कहाँ थियो ?

सरकार तिनदिन पछि नागरिक दवावका कारण प्रतिक्रिया दिन बाध्य भयो । यो अवधीमा सरकारले कसको आदेश र्पखिएको थियो ? सरकारले सिमाना रक्षाका लागी सेना किन खटाएन ? नेपाली नागरिकका तर्फबाट राष्ट्रियताको हितप्रवद्र्घनमा दशगजा, भिमदत्त जस्ता फिल्म निर्माण गरि जनचेतना जगाईरहेका यसै अभियानका अभियानकर्ता नवल खड्काको टोलीले पिडित परिवारलाई भेटेर दवाव सिर्जना गरेपछि शहीद घोषणा गर्न सरकार बाध्य भएको थियो ।

यस्तो दयनिय अवस्थामा देशलाई पु¥याइएको छ की भारतिय नागरिकलाई समेत शहीद घोषणा गर्न पछी नपरेको सरकार सिमा रक्षा गर्दागर्दै मरेको नागरिकलाई शहीद घोषणा गर भनेर नागरिकले नै सरकार विरुद्घ आन्दोलन गर्न परिरहेको छ । यो सबै घट्नाक्रमहरुका पछि देशको अस्थिरता जोडिएको छ । यिनै घटनाहरुको सुक्ष्म अध्ययन गर्दै नागरिकहरुको तर्फबाट देशको सिमाना रक्षाको लागि काँडेतार लगाउन सरकारलाई दवाव दिने निष्कर्षमा हामी पुगिएको छ ।

अनौठो अवस्था त यो देखिएको छ कि देशका राजनैतिक शक्तिहरु यस्तो संवेदनशिल विषयलाई गम्भिर मान्न तयार छैनन । यसर्थ सरकार कमजोर बनेको बेला यति ठुलो दायित्व निर्वाह गर्ने काम हरेक नागरिकको पनि हो भन्ने कुरालाई आत्मसात गर्दै सिमानामा काँडेतार अभियानको शुभारम्भ गरिएको छ । यस महाअभियानमा हरेक राष्ट्रप्रेमी नेपाली नागरिक गोलबद्घ हुनु जरुरी छ । नेपाल रहे नै हामी नेपाली रहने छौँ र शिर ठाडो पारेर बाच्ने छौँ ।

आदरणीय जनसमुदायहरु,
हामी चरणबद्घ ‘सिमानामा काँडेतार अभियान’ को प्रस्थानविन्दुमा छौँ । पहिलो चरणमा अध्याधिक प्रभावित नेपाल—भारत सिमानाको १६९० माइलको लामो सिमानामा तारवारको थालनी गर्न सरकारलाई दवाव दिनेछांै । त्यसमध्य पनि विवाद रहित क्षेत्रमा जति सक्दो छिटो काम थाल्न सरकारलाई दवाव दिनेछौँ । दोस्रो चरणमा दुवै देशको सहमतिमा विवादित क्षेत्रमा काम थाल्न दवाव दिनेछौँ । तेस्रो चरणमा चिन—नेपालको माईलको लामो सिमानामा हिम श्रृंखला नभएको भुभागमा काम थाल्न दवाव दिनेछौँ । काँडेतार लगाएपछि अत्याधुनिक मनिटरीङ्ग प्रणाली जडान गर्न र त्यसको रक्षा गर्न नेपाली सेनालाई परिचालन गर्न सरकारलाई दवाव दिनेछौँ ।

सिमानामा कांडेतार अभियानका उद्धेश्यहरु ः—
१ सिमानाको वैज्ञानिक तरिकाले सिमाङ्कन गरी सिमा अतिक्रमण रोक्न र सिमा क्षेत्रमा नेपाली नागरिकमाथी भैरहेको भारतिय पक्षको अत्याचार रोक्ने कार्य गर्न सरकारलाई दवाव दिन ।
२ खुल्ला सिमानाको फाइदा उठाउंदै आतंकवादी गतिविधी, लागू पदार्थ, चेलिबेटी बेचबिखन, तस्करी लगाएतका क्रियाकलाप रोक्ने कार्य गर्न सरकारलाई दवाव दिन ।
३ जङ्गे पिलरहरु र रेफरेन्स पिलरहरुको सुरक्षार्थ सरकारलाइ निरन्तर दवाव दिन ।
४ आवागमनमा ऐतिहासिकता र परम्परालाई मध्यनजर गर्दै परिचय पत्रको व्यवस्था गरी सिमा नियमन गर्न र सिमा विवाद अन्त्य गर्न सरकारलाई दवाव दिन ।
५ दवाव कार्यक्रम संगसंगै सरकारसंगको समन्वयमा सिमानामा कांडेतार लगाउन आर्थिक संकलन शुरु गरिने छ ।

अभियानकर्ताहरु
टिकाराम डुम्रे कतार, अन्तर्राष्ट्रिय संयोजक
नवल खड्का नेपाल, नेपाल संयोजक
सुशील खड्का कतार, केन्द्रिय प्रवक्ता