☰ open Loading... 13 January 2025|  

जुम्लामा पहिलो पटक पढाई मेला
  | २६ चैत्र २०७३, शनिबार २०:४५

कर्णालीमा पहिलो पटक जुम्ला सदरमुकाम खलंगामा अवस्थित चन्दननाथ माविमा पुस्तक पढाई मेला सम्पन्न भएको छ । शनिबार जुम्लाबासीको उल्लेख्य सहभागितामा पुस्तक मेला सम्पन्न भएको हो । पुस्तक मेलामा करिब एक हजार जनाले पुस्तक मेलाको अवलोकन गरेका छन् ।  मेलामा १० वटा स्टल समेत राखिएको थियो ।

जुम्लाका विभिन्न विद्यालयहरुका शिक्षक, विद्यार्थी र अभिभावकहरु सहभागि भएका हुन् । पहिलो आयोजना गरिएको उक्त पुस्तक मेलामा जुम्लाबासीको उत्साहजनक सहभागिताले आफुहरुलाई थप हौसला मिलेको आयोजकले जनाएको छ । जुम्ला जिल्लामा विगत तीन वर्ष अघि देखी सिकाईका लागि शिक्षण परियोजना संचालनमा रहेको छ ।

उक्त परियोजनाले कक्षा १ देखी ३ कक्षा सम्मका विद्यार्थीहरुको गणीतिय तथा पठनिय सिप विकास गर्ने र विद्यार्थीको सिकाईमा वृद्धि गर्ने ध्येयले स्थानिय स्तरमा रहेका सामग्रीको प्रयोगमा जोड दिईरहेको छ । आसमान नेपाल जुम्लाले जिल्लाका ८ वटा विद्यालयमा सिकाईका लागि शिक्षण परियोजना संचालन गरीरहेको छ ।

कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाईलाइ प्रतिष्पर्धात्मक बनाउने उद्देश्यले मेला संचालन गरिएको आयोजक भिएसओ नेपालका परियोजना अधिकृत बेद प्रसाद डाँगीले बताए । गणित तथा नेपाली विषयको शिक्षण तथा मुल्यांकन गरी कक्षा कोठाको व्यवस्थापन गरी सिकाई सहजता ल्याउने काम पनि परियोजनाले गरेको डाँगीले बताउनु भएको छ । पढाई मेला मेला ईयुरोपियन युनियनको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय, भिएसओ नेपाल र आसमान नेपाल जुम्लाको आयोजनामा सम्पन्न भएको हो ।