☰ open Loading... 24 February 2025|  

पत्रकार महासंघ सुर्खेतको अधिवेशन ७ गते गर्ने निर्णय
  | २ बैशाख २०७४, शनिबार १८:३३

सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको १० औं अधिवेशन यही बैशाख ७ गते गर्ने निर्णय भएको छ । महासंघ शाखा सुर्खेतको शनिवार बसेको सचिवालय बैठकले ७ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीका अनुसार अधिवशनको उद्घाटन जिल्ला समन्वय समितिको हलमा ७ गते विहान १० बजेबाट हुनेछ । ९० जनाको शुद्धिकरण गरिएको विषयमा भने केन्द्रले नै टुंगो लगाउने जानकारी उनले दिए ।

‘हामीले निर्णय गरेर केन्द्रमा पठाएका छौं’ अध्यक्ष भारतीले भने,–‘केन्द्रीय कार्यालयबाट टुंगिन नि सक्छ, या अभिवेशनमा सहभागी हुन आउने प्रतिनीधिले यही आएर टुंग्याउनुहुन्छ यस बारेमा केही अहिले नै केही भन्न सकिदैन् ।’

अधिवेशन सम्पन्न गर्न वरिष्ठ पत्रकार कमलेश डिसीको सयोजकत्वमा २ सदस्यीय समिति समेत सचिवालयले गठन गरेको छ । सदस्यहरुमा अधिवक्ता रामबावु विसी र क्रियाशील पत्रकार विर्ख बडुवाल छन् ।

गत चैत्र १२ गते तोकिएको शाखा सुर्खेतको अधिवेशन मिति सरेको थियो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले बैशाख ७ गतेसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अभिवेशन सम्पन्न यसअघि नै पत्रचार गरेको थियो ।