सुर्खेत । सुर्खेतका बाढी पीडितहरुले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने उद्घोष गरेका छन् । महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढी पीडितहरुको शनिबार बसेको बैठकले पुनर्वास व्यवस्था नगरेसम्म स्थानीय तहको निर्वाचन मतदान नगर्ने निर्णय गरेका हुन् ।
उनीहरुले आफ्ना समस्यालाई समधान नगरेसम्म बैशाख ३१ गते हुने निर्वाचन बहिष्कार गर्ने तयारीमा लागेका छन । उनीहरुले झुटो आश्वसन बोकेर बाढी पीडित शिवरमा आउने राजनीति दलहरुलाई लौरोले कुटेर भगाउने चेतावनी पनि दिए । आफुहरु पालमै बस्न थालेको ४ वर्ष पुग्नै लाग्दा पनि पालमै हुनु दुःखद् भएको उल्लेख गरे ।
आफुहरु विस्थापति भए यता तीन ओटा सरकार फेरिए र बाढी पीडितका समस्यामा कसैले समधान नगरेको दुखेसो पोखे । ‘अब चुनाव आउदैछ झुटा आश्वसन ल्याएर राजनीति दलहरु भोट माग्न आउने होलान’ महिला प्रशिक्षण केन्द्रको विस्थापित शिविरमा बस्दै आएका सरस्वती ओलीले भनिन्,–‘विगतका निर्वाचनहरुमा कुँवा बनाई दिन्छौँ, बाटो बनाई दिन्छौँ भनेर झुटा आश्वसन दिएर भोट मागे तर आफुले नै निर्वाचित गरेर पठाएर जन प्रतिनीधिहरुले बाढी पीडितहरुको लागि कुनै अस्था गरेनन् ।’
बाढी पीडितका समस्या समधान चुनाव अगाडी जसले गर्छ उसैलाई नै आफुले भोट हाल्ने उनको भनाई छ । आफुहरुका समस्या समधान नगरेमा चुनावमा सहभागी नहुने उनको चेनावनी छ । ‘जसले दिन्छ खाजा उही हाम्रो नेता, जसले पुर्नंवास गराउछ उसैलाई नै भोट दिने हामीले निर्णय पनि गरेका छौं ’ विस्थापित ओलीले थपिन् ।
गास, बास र ग्यारेण्टीका लागि लिखित रुपमा सम्झौता गर्नेलाई मतदान गर्ने प्रक्रियामा सहभागि हुने पनि बताईन् विस्थापित भएयता कुनै पनि नेताहरुको कस्ता छन् अनुहार आफूहरुले नदेखेको पनि बताइन् ।
विस्थापित यामबहादुर दर्लामीले चुनावमा भोट माग्ने नेताले यही बैशाख २५ गतेसम्म राहत उपलब्ध गराउने दललाई भोट गर्ने बताए । यो अवद्यी भित्र जसले राहत उपलब्ध गराउँछ उसैलाई मतदान गर्ने नत्र प्रक्रियामा सहभागि नहुने चेतावनी दिए । विगतका निर्वाचनहरुमा घर आगनमै आएका नेतालाई जिताएपनि आफ्ना पीडा प्रति कोही सम्वेदनशील नभएको उनको गुनासो थियो ।
विगतमा आशा देखाएर जितेर गएका नेतालाई यो स्थानीय तहको चुनावमा यो गछौँ त्यो गछौँ भनि आश्वासन दिनेलाई भोट नदिने बताएकी विस्थापित रामकुमारी घर्तिले आश्वनको भरमा मत माग्ने नेतालाईलाई लौरी लखट्ने तयारीमा आफूहरु लागेको जानकारी दिईन् ।
‘वर्षौैदेखि च्यातिएको पालमा बसेका छौँ, खानेपानी छैन, बुलबुले तालबाट पानी ल्याएर खान बाध्य छौं’ घर्तीले भनिन्,–‘चार वर्षदेखि तपाईहरुलाई कस्तो समस्या छ भनि कोही नेता आएन, चनुवामा भोट माग्न आउने होलान् त्यतिखेर लौरी लगाएर भगाउने योजना बनाएका छौं ।’ पीडितहरुका अनुसार जिल्लाभर रहेका बाढी पहिरो विस्थापितहरु संगठित भएर नेता लखेट्ने अभियान थाल्दै छन् ।