☰ open Loading... 27 November 2024|  

गुण्डागर्दी हिड्ने पाँच जना पक्राउ
  | ६ बैशाख २०७४, बुधबार १८:४३

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले गुण्डागर्दी गर्दै हिड्ने ५जना ब्यक्तिलाई बुधबार प्रकाउ गरेको छ । दाङ जिल्लाको विभिन्न स्थानमा परिचालित विशेष प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

यसरी पक्राउ पर्नेमा यसअघि दाङ देउखुरी जिल्ला अदालतवाट ज्यान मार्ने उद्योग मुद्दामा धरौटिमा छुटेका तुलसीपुर उपमहानगरपालिका वडा नं ६का टाटे भन्ने बिशाल योगी,सोहि ठाँउकै कमल के.सी,लक्ष्मण डाँगी र लमही नगरपालिका वडा नं ५का सन्दिप कवर र सोही ठाँउका विमल सेर्पाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिहंले जानकारी दिए ।

यसैविच जिल्ला प्रहरी कार्यालय दाङले आज खुकुरी प्रहार गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६का असिम सिंह राठौरले २०७३साल माघ २९ गतेका तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का चेतन वली र गणेश हमाललाई र २०७३साल फाल्गुण २९ गते तुलसीपुर उपमहानगरपालिका वडा न ६ का मोहित शाह लाई खुकुरी तथा रडको प्रयोग गरी फरार रहेकोमा आज विशेष प्रहरी टोलीले नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जानकारी दिए ।